झण्डै ४० हजार उपभोक्ता महङ्गीको मारमा

स्याङ्जा । स्याङ्जा र पाल्पाका झण्डै ४० हजार विद्युत उपभोक्ताहरु महङ्गीको मारमा पर्ने भएका छन् । बुटवल पावर कम्पनी (बिपिसी), आँधीखोला जलविद्युत केन्द्रबाट उत्पादन भएको विद्युतको महसुल बृद्धि गर्न विद्युत नियमन आयोगले अनुमति दिएपछि दुर्व जिल्लाका उपभोक्ताहरु मारमा पर्ने भएका हुन् ।

विद्युत उपभोक्ताहरुले नयाँ बर्ष शुरु भएसगै बढेको मुल्यका आधारमा महसुल बुझाउनु पर्नेगरी आयोगले सिफारीस गरिदिएको छ । विद्युत नियमन आयोगले बिपिसीले गरेको प्रस्तावको आधारमा उपभोक्ताको विद्युत महसुलमा पुनरावलोकन गरेको जनाएको छ ।

आयोगले प्रकाशित गरेको सूचना अनुसार महसुलमा भारी बृद्धि गरिएको हो । उपभोक्ताहरुको भन्दा व्यवसाय तथा उद्योगहरुका लागि झण्डै सतप्रतिशत बृद्धि गरिएको छ । गएको वैशाखमा आयोगले कायम गरेको मुल्यमा केही घटाएर नयाँ उपभोक्ता महसुल सार्वजनिक गरिएको आयोगले दावी गरेको छ । उपभोक्ताहरुले २०८२ वैसाख महिनाको विद्युत खपत २०८२ जेष्ठ महिनाको बिलिङ्बाट लागु हुने गरी बढेको महसुल तिर्नु पर्ने आयोगले जनाएको छ ।

आयोगले सार्वजनिक गरेको सूचनाका आधारमा ५,१५,३० र ६० एम्पियर विद्युत प्रयोग गर्दै आएका उपभोक्ताले फरक फरक महसुल तिर्नु पर्ने जनाएको छ । २० युनिट सम्म २० रुपैयाँ सेवाशुल्क दिदै आएका उपभोक्ताले अव ३० रुपैयाँ तिर्नु पर्ने छ । यो ५ एम्पियरको विद्युत उपभोगमा हो ।

२० युनिट सम्म सामान्य बृद्धि भएको देखाएपनि २० युनिटदेखी माथी प्रयोग गर्ने उपभोक्ताका लागि भने लागि अत्यधिक बृद्धि गरिएको छ । ५ एम्पियरको विद्युत जडान गरेका उपभोक्ताले २५० युनिटसम्मको सेवा शुल्क ८० तिर्दै आएका उपभोक्ताले अव १५० तिनु पर्नेछ यस्तै ७ रुपैयाँ प्रति युनिट शुल्क तिर्दै आएका उपभोक्ताले आ ९ रुपैयाँ ६० पैसा तिर्नु पर्ने छ ।

अधिकांश सबै घरमा ५ र १५ एम्पियरको विद्युत जडान रहेको आँधीखोला जलविद्युत केन्द्रले जनाएको छ । १५ एम्पियरमा ३० देखि ८० रुपैयाँ सम्म आधार दरमा पैसा तिर्दै आएको उपभोक्ताले अव ५० देखि १७५ रुपैयाँ सम्म तिर्नु पर्ने भएको छ । यस्तै प्रति युनिट दुई रुपैयाँ ६० पैसा देखि ७ रुपैयाँ तिर्दै आएका उपभोक्ताले अव ३ रुपैयाँ ६० पैसा देखि ९ रुपैयाँ ६० पैसा सम्म तिर्नु पर्ने छ ।

आयोगले निकालेको सूचना अनुसार खानेपानी, सिञ्चाई लगायतका क्षेत्रमा समेत महसुलमा भारी बृद्धि गरिएको छ । विद्युतीय गाडीको चार्जिङ स्टेसनको लागि दिउँसोमा भारी मुल्य बृद्धि गरिएको छ भने रातीको समयलाई सामान्य महसुल कायम गरिएको उल्लेख गरेको छ ।

विद्युत नियमन आयोगले २०८१ बैसाख १७ गते महसुल बृद्धि गरेको थियो । यस क्षेत्रका उपभोक्ताहरुको निरन्तरको आन्दोलन र दवाव पछि नियमन आयोगले बृद्धि गरेको महसुल तत्कालका लागि स्थगित गरेको थियो । गएको वैशाखमा बढाएको मुल्यमा केही कम गरेर नयाँ सूचना प्रकाशन गरेको बताइएको छ ।

कम्पनीले स्याङ्जाको गल्याङमा रहेको आँधीखोला जलबिद्युत केन्द्र मार्फत झण्डै ४० हजार भन्दा बढि ग्राहकलाई ५ रुपैयाँ ८० पैसामा प्रतियुनिट विद्युत बिक्री गर्दै आएको छ । संचालन, मर्मतसम्भार खर्च बढि भएको भन्दै कम्पनीले आयोग मार्फत प्रतियुनिट ११ रुपैयाँ महसुल पस्ताव गरेको थियो । केन्द्र मार्फत ९ दशमलब ४ मेगावाटको बिद्युत वितरण गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 118 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गठबन्धनबीच ११ उपमहानगरमा किन मिलेन कुरा ?