एसबीआईको ‘करियर्स इन इम्प्याक्ट सेक्टर’ सेमिनार

काठमाडौं । भारतको स्टेट बैंक अफ इन्डिया (एसबीआई) समूहको सीएसआर शाखा एसबीआई फाउन्डेसनले रोटर्याक्ट नेपाल र आईसेक नेपालसँग सहकार्य गर्दै नेपालका विभिन्न स्थानमा गत ८ देखि १२ मार्चसम्म जागरुकता अभियान तथा सेमिनार आयोजना गरिरहेको जनाएको छ । ‘करियर्स इन इम्प्याक्ट सेक्टर’ नामक सेमिनारहरूले युवा वर्गलाई सामाजिक विकास क्षेत्रमा करियर बनाउन प्रेरित गर्ने तथा प्रतिष्ठित एसबीआई युथ फर इन्डिया (वाईएफआई) फेलोसिपका लागि आवेदन दिन प्रोत्साहित गर्ने उद्देश्यका साथ १३औं ब्याचका लागि आवेदन खुला गरेको सो फाउन्डेसनले जनाएको छ ।

यस्ता सेमिनारहरूले विभिन्न क्षेत्रमा युवा सामाजिक परिवर्तनकर्तालाई अवसर उपलब्ध गराउने सो फाउन्डेसनले जनाएको छ । सामाजिक क्षेत्रमा करियर बनाउने सम्भावनासँग परिचय गराउँदै स्थानीय स्तरमा कार्य गर्दै दिगो विकासलाई प्रवर्धन गर्न ुको महत्वलाई जोड दिने, नेपाल तथा अन्तर्राष्ट्रिय स्तरमा सामाजिक विकास क्षेत्रमा करियर वृद्धिको सम्भावना र समाजसेवामार्फत परिवर्तन ल्याएका व्यक्तिहरूका उदाहरण प्रस्तुत गर्ने, सामाजिक उद्यमशीलतालाई समस्या समाधान गर्ने प्रभावकारी माध्यमका रूपमा व्याख्या गर्ने तथा युवालाई नवीन समाधान’bout जानकारी गराउने कार्यमा यो सेमिना निकै उपलब्धिमूलक र फलदायी भएको सो फाउन्डेसनले जनाएको छ ।

एसबीआई युथ फर इन्डिया फेलोसिप एसबीआई फाउन्डेसनको महत्वपूर्ण पहल हो । यो १३ महिनाको पूर्ण–भुक्तान ग्रामीण विकास कार्यक्रमले युवालाई भारतभरका प्रतिष्ठित गैरसरकारी संस्थाहरूसँग मिलेर शिक्षा, स्वास्थ्य, ग्रामीण आजीविका तथा महिला सशक्तीकरणजस्ता महत्वपूर्ण मुद्दामा काम गर्ने अवसर प्रदान गर्ने सो फाउन्डेसनले जनाएको छ । सो फाउन्डेसनका अनुसार एसबीआई युथ फर इन्डिया फेलोसिपले करिब ६ सय ४० जना फेलोलाई सशक्त बनाएको छ । यस कार्यक्रममा छनोट भएका युवालाई १३ महिनाको फेलोसिप अवधिमा मासिक स्टाइपेन्ड, यात्रा भत्ता, सल्लाह तथा स्थानीय स्तरमा विकास परियोजना कार्यान्वयन गर्ने अवसर प्रदान गरिनेछ ।

फेलोसिपमार्फत सहभागीले सामाजिक कार्यमा प्रत्यक्ष अनुभव लिने अवसर, पाउनेछन् भने सल्लाह वित्तीय सहायता र विकास क्षेत्रमा स्थापित विज्ञहरूसँग नेटवर्किङ गर्ने अवसर प्राप्त गर्नेछन् । यस फेलोसिपका लागि २१ देखि ३२ वर्ष उमेर समूहका स्नातक तथा युवा व्यवसायीलाई आवेदन दिन आह्वान गरिएको सो फाउन्डेसनले जनाएको छ । एसबीआई फाउन्डेसनका प्रबन्ध निर्देशक तथा सीईओ सञ्जय प्रकाशका अनुसार सामाजिक क्षेत्रमा करियर बनाउन चाहने युवाहरूका लागि यो फेलोसिप कार्यक्रम एकदमै उपयोगी हुने बताए ।

तपाइको प्रतिक्रिया
(Visited 52 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हेटौंडामा राप्रपाका दीपकले लम्ब्याए मतान्तर