काठमाडौं । मन्त्रिपरिषदको आजको बैठकले नेपाल प्रहरीको महानिरीक्षक पदमा दिपक थापालाई नियुक्त गर्न निर्णय गरेको छ ।
प्रधानमन्त्री निवास वालुवाटारमा बसेको बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक थापालाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बी सुब्बा गुरुङले जानकारी दिएका हुन् ।
आजबाट ३० वर्षे सेवा अवधिका कारण आईजीपी वसन्त कुँवर अवकाश भएपछि सरकारले थापालाई नयाँ आईजीपीमा नियुक्त गरेको हो । थापा नेपाल प्रहरीका ३१औं प्रहरी प्रमुख बनेका छन् ।
तपाइको प्रतिक्रिया
(Visited 121 times, 1 visits today)