आगलागिले सप्तरीको फर्निचर उद्योग र ३ घर खरानी

राजविराज । सप्तरी सदरमुकाम राजविराज नगरपालिका ६ खर्साल टोलमा सोमबार दिउँसो आगलागि भएको छ । आगलागिमा एक फर्निचर उद्योग, ३ वटा घर, ५० हजार नगद तथा सुनचाँदीका गरगहना जलेर लाखौंको सम्पत्ति खरानी भएको छ ।

स्थानीय दुबीलाल यादवको गुहालीबाट सल्केको आगोले उनको तीन घरसहित छिमेकी सुरेश शर्माको फर्निचर उद्योग जलेर नष्ट हुँदा करिब १४ लाख बराबरको क्षति भएको पीडितहरुले बताएका छन् ।

आफ्नो तीन घरसहित ५० हजार नगद, खाद्यान, लत्ताकपडा, भाडा वर्तन, सुनचाँदीका गरगहना गरि १० लाख बराबरको क्षति भएको दुबीलालले संचारकर्मीहरुलाई सुनाए ।

छिमेकी सुरेश शर्माले फर्निचर उद्योगमा आगलागि हुँदा लाखौंको फर्निचरका साथै काठ कठान गर्ने दुई वटा मेशिन समेत जलेर नष्ट भई चार लाख बराबरको क्षति भएको बताए ।

दिउँसो पाँच बजे लागेको आगो राजविराज नगरपालिका र मधेश प्रदेश तालिम केन्द्रको बारुणयन्त्र, नेपाल तथा सशस्त्र प्रहरी र स्थानियबासिको सहयोगमा एक घण्टाको प्रयास पश्चात् आगो पूर्ण रुपमा नियन्त्रणमा आएको प्रहरी उपरिक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए ।

आगलागिको कारण खुल्न नसकेको तथा क्षतिको यकिन विवरण संकलन गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 49 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले प्रदेशमा उम्मेदवार छान्न सहमहामन्त्री खटाउने