वसुन्धरा भुसाललाई लाईभटाईम एचिभमेन्ट अवार्ड

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा विगत पाँच दशकदेखि आफ्नो अभिनय मार्फत निरन्तर योगदान दिएको भन्दै अग्रज अभिनेत्री वसुन्धरा भुसाललाई नगद सहित लाईफटाइम एचिपमेन्ट अवार्डबाट सम्मानित गरिएको छ । मध्यपुर ठिमी स्थित दुई पोखरीको माझमा स्टेज बनाएर पोखरी परिसर आयोजना गरिएको पाँचौँ संस्करणको एपिक नेपाल म्युजिक अवार्ड २०८१ मा भुसाललाई सो सम्मान प्रदान गरिएको हो । समारोहमा अभिनेता भुवन केसी, पल शाह, सञ्चारकर्मीद्धय ऋषि धमला, ऋषि थपलिया पनि सम्मानित भए । कार्यक्रममा आधुनिक, पप, लोक पप, पर्व विशेष, काँठे र देउडा, चलचित्रसहित विभिन्न ४० विधामा अवार्ड प्रदान गरियो ।

पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड २०८१

समारोहमा प्रधानमन्त्री ओली पत्नी राधिका शाक्य, अभिनेताद्धय शीव श्रेष्ठ, राजेन्द्र खड्की, सांसद महेश बस्नेत, ठिमी नगरपालिकाका पूर्व मेयर मदन सुन्दर श्रेष्ठ, म्युजिक भिडियो निर्देशक समाजकी अध्यक्ष बबिता श्रेष्ठल, अवार्ड आयोजक यमन श्रेष्ठ, संयोजक राजेन्द्र पुरीलगायतले सम्मान तथा अवार्ड प्रदान गरे ।

कार्यक्रममा वर्षको सर्वोत्कृष्ट लोकदोहोरी गायकको अवार्ड रामजी खाँडले पाए । लोक दोहोरी गायिकामा एकै रातैलेबाट शुष्मा शाही ठकुरीले, काठे लोकदोहोरी तर्फ गायकमा उनीको पछ्र्यौरीबाट अमृत खातीले, गीतकारमा पिपल बोटे मायाबाट सुमन वैरागी, लयमा वनमा खयरबाट रमेश परियारले अवार्ड प्राप्त गरे ।

लोकदोहोरी मोडेल पुरुषको अवार्ड विमल अधिकारीले, महिला मोडल अवार्ड अस्मिता पुरीले, म्युजिक भिडियो निर्देशक अवार्ड मिलन श्रेष्ठ र नृत्य कोरियोग्राफर अवार्ड दीपेन्द्र तिमल्सिनाले पाए । लोक पप विधामा गायकको अवार्ड लक्षुमन श्रीले थाले ।

आधुनिक विधामा गायकको अवार्ड लुकी लुकीबाट कर्णराज गिरीले गायिकाको अवार्ड ए मन भन मलाईबाट शोभा पाण्डेले, संगीतकारको अवार्ड लुकाउने ठाउँ नै छैन बाट दीपक शर्माले, संगीतकार जुरी अवार्ड टेक राज ओझाले पाए । आधुनिक म्युजिक भिडियो पुरुष मोडेल अवार्ड विक्रम बुढाथोकी, महिला मोडल अवार्ड शिल्पा पोखरेलले, मोडेल डान्सिङ अवार्ड मल्लिका राजोपाध्यायले, भिडियो निर्देशकको अवार्ड रोसन दास ‘आदात’ले प्राप्त गरे ।

चलचित्र गायनको अवार्ड छक्का पन्जा ४ को दर्शन सलाम गीतबाट डेबिट शंकरले हासिल गरे । यस्तै भजन गायनको अवार्ड चिरञ्जीवी भण्डारीले, डयास्पोरा गीतकारको अवार्ड दीपेन्द्र खडकाले, भाषा भाषी गायन अवार्ड शान्ति कुमारी शाहीले, भाषा भाषी कलाकार अवार्ड लक्ष्मी कुमार महर्जनले र नवप्रतिभाको गायन अवार्ड यमराज थापाले, नव प्रतिभा नृत्य मोडल अवार्ड सृष्टिना क्षेत्रीले, बालकालकारको अवार्ड जेभिन जिभेश र पपुलर कलाकारको अवार्ड आयुसी ढकालले पाए ।

पाँचौँ एपिक नेपाल म्युजिक अवार्ड समारोहमा संगीत संयोजकको अवार्ड पुष्कर खत्रीले, भिडियो छांयाकारको अवार्ड उत्तम हुँमागाईले, भिडियो सम्पादकको अवार्ड विकाश दाहालले पाए । लोकमा नव गायक गायिका अवार्ड विशाल सोनी र दीपिका बयाम्बुले थापे भने डायस्पोरातर्फ पुरुष नव मोडलको अवार्ड सम्राट दास र आधुनिक महिला नव मोडेलको अवार्ड सदिक्षा पाण्डेले हासिल गरे ।

टेलिचलचित्र तर्फ कलाकारको अवार्ड हर्के हल्दारबाट इन्द्र दोङ लामाले, खल चरित्रको अवार्ड सुगत कारंजितले, मेकअप आर्टिष्टको अवार्ड विक्रम गौतम ‘हगंमा’ले पाए भने म्युजिक भिडियो निर्देशकको जुरी अवार्ड डिआर सुजनले हासिल गरे ।

सो अवार्डको निर्णायकहरुमा राष्ट्रिय लोक तथा दोहोरी प्रतिष्ठानका पूर्व अध्यक्ष चन्द शर्मा, निर्देशकद्धय सुब्रतराज आचार्य, प्रकाश भट्ट, कलाकार रश्मि पाण्डे र दिल बहादुर ओखेडा थिए ।

तपाइको प्रतिक्रिया
(Visited 59 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
ज्येष्ठ नागरिकका गुनासा