पोखरा । पोखरा कप राष्ट्रिय ह्यान्डबलको उपाधि विभागीय त्रिभुवन आर्मी क्लबले जितेको छ ।
मंगलबार फाइनलमा घरेलु टोली गण्डकी प्रदेशलाई ३७–३२ गोलअन्तरले हराउँदै उपाधिसहित एक लाख रुपैयाँ हात पारेको छ । उपविजेताले ५० हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।
एपिएफ क्लब तेस्रो हुँदै ३० हजार रुपैयाँ प्राप्त गरेको छ । सर्वोत्कृष्ट खेलाडी आर्मीका निर्मलबाबु श्रेष्ठ घोषित भए । उत्कृष्ट गोलरक्षक गण्डकीका विशाल नेपाली घोषित भए । प्रतियोगितामा एपीएफका दीपेन्द्र बुढाथोकी उच्च गोलकर्ता (५३ गोल) घोषित भए । विधागतमा उत्कृष्ट तीनै जनाले जनही ५ हजार रुपैयाँसँगै ट्रफी हात पारे ।
गण्डकी प्रदेश ह्याण्डबल संघ आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक सहयोगमा भएको प्रतियोगिताको फाइनलमा गण्डकीले अग्रता जोगाउन नसक्दा हार व्यहोर्न बाध्य भएको हो । खेलमा गण्डकीले २७–२५ को अग्रता कायम गरेकामा लय गुमाउँदा आर्मीले डिफेन्स लाइनलाई बलियो बनाउँदै खेलेपछि उपाधि चुम्न सफल भयो । आर्मीका लागि निर्मलबाबु श्रेष्ठले सर्वाधिक १६ गोलको योगदान दिए ।
विजयीलाई पुरस्कृत गर्दै गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिकर्मीले खेलकुदबाट धेरै कुरा सिक्न आवश्यक रहेको बताए ।
गत ३ चैतदेखि सुरु प्रतियोगितामा आयोजक गण्डकीसहित कोशी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेश र दुई विभागीय आर्मी क्लब र एपिएफले भाग लिएका थिए ।