इलाका प्रहरीको कार्यालय अगाडी बोलाएर युवकमाथि खकुरी प्रहार

तुलसीपुर । दाङको तुलसीपुरमा एक युवकमाथी खकुरी प्रहार भएको छ । खकुरी प्रहारबाट तुलसीपुर–१८ दुधरासका १८ बर्षीय विनोद नेपाली गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । सोही ठाउँका १७ बर्षीय हिमाल परियार र अन्दाजी १८–१९ बर्षीय राका जोजो भनेर चिनिने एक युवाबिच केहीदिन अघि फेसबुक म्यासेन्जरमा सामान्य बिबाद भएको थियो । सोही बिबाद मिलाईदिने भन्दै अर्का युवा रोहन श्रेष्ठले आफुलाई इलाका प्रहरी कार्यालय अगाडी रहेको सिता नास्ता पसलमा बोलाएको हिमाल परियारले बताए ।

चिनेकै साथी रोहनले बोलाएपछी आफु अन्य ३ जना साथीसहित सिता नास्ता पसलमा पुगेको उनले बताए । ‘मलाई राका भन्नेले केहीदिन अघि म्यासेन्जरमा बोलाएको थियो’, उनले भने,– ‘त्यहीबाट कुरा गर्दै जाँदा सामान्य भनाभन अवस्था सृजना भएको थियो, अनि उसले रोहन दाईलाई यो कुरा भनेको रहेछ । रोहनसँग मेरो पनि चिनजान थियो, अनि उहाँले मलाई तिमिहरु दुइजनाको झगडा मिलाईदिन्छु तुलसीपुर आउ भन्नुभयो । मैले त मेरो पक्षमा सोचेर भन्नुभएको होला भनेर आइहाले । उहाँसँग म भन्दा झन नजिकका उनीहरु रहेछन् । मलाई खुकुरी हान्ने योजना बनाएर बोलाएका रहेछन् । पहिले थाहा भएन । सुरुमा मलाई एक्लै भित्र बोलाएर कुटपिट गर्न थालेपछी थाहा भयोे । मलाई हातपात गरेपछी साथी छुटाउन जादा उसलाई खुकरी हाने ।’

नास्ता पसलमा भेट भएपछि उनीहरुले पहिले चिया मगाएर खुवाएको र पछी कुटपिट गर्न थालेको उहाँले बताउनुभयो । आफुलाई कुट्न थालेपछी छुटाउन गएका विनोद माथी नै खुकुरी प्रहार भएको उनको भनाई छ । आफुलाई भनेर हानेको खुकुरीले विनोदलाई लागेको उहाँले बताए । आफुलाई झगडा मिलाउने भन्दै बोलाएका रोहनले नै राका भन्नेलाई खुकुरी झिकेर दिएको र राकाले प्रहार गरेको उनले बताए ।

यसरी हेर्दा रोहनकै योजनामा घटना भएको पिडित पक्षको भनाई छ । इलाका प्रहरी कार्यालय नजिकै यसरी दिनदहाडै युवकमाथी खुकुरी प्रहार हुनु दुखद कुरा रहेको भन्दै पिडित परिवारले दोसीमाथी कडा कारवाहीको माग गरेका छन् । प्रहरी कार्यालयकै अगाडी यस्तो घटना हुनुले प्रहरीलाई नै चुनौती दिएको उनीहरुको भनाई छ ।

अहिले घटनामा संलग्न सबैजना फरार भएका छन् । उनीहरुको खोजी तिब्र पारेको प्रहरीले जनाएको छ । उनीहरुको पहिचान भइसकेकाले पनि छिट्टै पक्राउ पर्ने प्रहरीको दाबी छ । घटना आज दिउँसो २ बजेको समयमा भएको थियो । घाइते नेपालीलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागी नर्सिङहोम नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गुल्मीमा चार स्वतन्त्रले फिर्ता लिए उम्मेदवारी