ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ को लागि २१ प्रतियोगी चयन

काठमाडौं । ‘एच्यु हेयर वेल ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ सिजन ७’को फाइनलका लागि २१ जना प्रतियोगी चयन भएका छन् । रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रालिले यो प्रतियोगिताको दोस्रो अडिसन सोमबार सम्पन्न गरेको थियो ।

काठमाडौँको रवीभवन स्थित एकेडेमीमा गत साता पहिलो अडिसन भएको थियो । पहिलो अडिसनबाट यो प्रतियोगिताको लागि १० जना चयन भएका थिए । यस्तै सोमबार आयोजित दोस्रो अडिसनबाट ब्युटिसियन ट्यालेन्ट नेपाल २०२५ सिजन ७ को लागि थप ११ जना प्रतियोगी चयन भएका हुन् ।

यो प्रतियोगिताको लागि दोस्रो अडिसनबाट चयन भएका प्रतियोगीहरूमा अन्जनी कुमारी चौधरी, रविना ठकुरी, निशा रजक, अन्जना श्रेष्ठ राई, रेशु आचार्य, रोशनी पुजारी, कृष्टिना केसी, पुजा विश्वकर्मा बस्नेत, शुशिला जोशी, सुजाता दयाल, मनसरा राई र सुजाता श्रेष्ठ रहेका छन् । यस्तै यस अघिको पहिलो अडिसनबाट रचना बज्राचार्य, स्मृति सुब्बा, दुर्गा सुवेदी, सुनिता शाही, निर्मला पौडेल, सुजिता अधिकारी, सुनिशा शाक्य, सपना रसाईली, सुमिरा खवास चयन भएका थिए ।

फाइनलको लागि चयन भएकाहरूको प्रशिक्षण यही ७ चैतबाट सुरु हुने भएको छ । उनीहरूलाई करिब एक महिना विभिन्न प्रशिक्षण दिएर बल्ल ब्युटिसियन ट्यालेन्ट नेपालको ग्रान्ड फिनालेमा उतार्ने आयोजक रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले जानकारी गराएकी छिन् ।

यो प्रतियोगिता’bout सोनीले भनिन्,‘नेपालमा रहेका ब्युटिसियनहरुलाई एउटै प्लेटफर्ममा उतारेर उनीहरूको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासको लागि हामीले विगत ८ वर्षदेखि यो प्रतियोगिता आयोजना गर्दै आएका छौँ । हालसम्म यो प्रतियोगितामा १६० जना भन्दा बढी प्रतियोगीहरू सहभागी भएर उनीहरूले लाभ लिई सकेका छन् ।’

यो प्रतियोगिताको दोस्रो अडिसनको निर्णायकहरूमा ब्युटिसियन ट्यालेन्ट नेपालकी अफिसियल कोरियोग्राफर जयन सुब्बा मानन्धर, रोज ब्युटी एकेडेमीकी म्यानेजिङ डिरेक्टर एवम् कस्मोलोजिष्ट परिषी कारंजित, ब्युटिसियन ट्यालेन्ट नेपालकको पहिलो सिजनको बिजेता एवम् सञ्चारकर्मी÷गायिका सरिता भारती, पाँचौ संस्करणकी बिजेता मनिषा श्रेष्ठ, ब्युटिसियन ट्यालेन्ट नेपाल २०२४ की बेस्ट पर्सनालिटी अवार्ड बिजेता मञ्जु खत्री, नेल टेक्निसियन सुजन तिमल्सिना थिए ।

प्रतियोगीहरूलाई यस पटक विभिन्न मेकअप आर्टिष्ट, कस्मोलोजिष्ट, ब्युटिसियन तथा फरक पेसाका व्यक्तिहरूले प्रशिक्षण दिनेछन् । उनीहरूलाई कोरियोग्राफर जयन सुब्बा मानन्धरले करिब तीन हप्ता ग्रुमिङ गर्ने बताएकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 34 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

श्रीहरि फाउन्डेशनले २० थरिको जीवन जीउने तालिम दिने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
रौतहटका सबै स्थानीय तहको मत गणना सकियो (सूचीसहित)