खोटाङमा उन्नत जातका राँगा वितरण

कृषकलाई वितरण गर्दै गरिएको उन्नत जातका राँगा अनुगमन गर्दै उपमेयर विशन राई र भेटेनरीका प्राबिधिक गणेश आचार्य ।

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नो क्षेत्रभित्रका कृषकहरूलाई स्वरोजगार बनाउने र नगरपालिकालाई राँगाको मासुमा आत्मनिर्भर बनाउने उद्देश्यका साथ उन्नत जातका राँगा वितरण कार्यक्रम शुरु गरेको छ । चालु आर्थिक वर्षमा नगरपालिकाले ६२ लाख रुपैयाँ बराबरको राँगा वितरण कार्यक्रम सञ्चालन गरिरहेको छ ।

नगर उपप्रमुख विशन राईका अनुसार यो वर्ष ४०० वटा राँगा वितरण गर्ने कार्यक्रम रहेको छ, जसमध्ये हालसम्म नगरपालिकाले करिब २०० वटा राँगा वितरण गरिसकेको छ । तराईका विभिन्न फार्महरूबाट खरिद गरेर ल्याइएका उन्नत जातका राँगाहरू नगरपालिकाभित्र गठित कृषक समूहमार्फत कृषकहरूलाई वितरण गरिएको छ । नगरपालिकाको कृषि कार्यक्रम अन्तर्गत ७५ प्रतिशत अनुदानमा कृषकहरूलाई उन्नत जातका राँगा वितरण गरिएको हो ।

नगरपालिकाका कृषि शाखा प्रमुख तेजप्रकाश जैसीले जानकारी दिएअनुसार, राँगा खरिद गरिएको कूल मूल्यको २५ प्रतिशत रकम कृषक स्वयंले भुक्तानी गर्नेगरी यो कार्यक्रम तय गरिएको हो । पन्ध्र वडा रहेको यस नगरपालिकाको वडा नं. ३ बाम्राङमा १६ लाख रुपैयाँ, वडा नं. ४ खाल्लेमा सात लाख रुपैयाँ, वडा नं. ५ लफ्याङमा १२ लाख रुपैयाँ, वडा नं. ७ दोर्पामा तीन लाख रुपैयाँ र वडा नं. १५ विजयखर्कमा आठ लाख ५० हजार रुपैयाँ बराबरको राँगा वितरण गरिसकिएको छ । उपप्रमुख राईका अनुसार उक्त वडाहरूमा बाँकी रकमको समेत राँगा खरिद गरेर कृषकहरूलाई छिट्टै वितरण गरिनेछ ।

कृषि शाखा प्रमुख जैसी अनुसार, कृषक समूहको खातामा रकम जम्मा गरिदिएपछि समूह आफैले राँगाहरूको खरिद–ढुवानी तथा वितरण गर्ने व्यवस्था मिलाइएको छ । कृषिलाई पहिलो प्राथमिकतामा राखेको नगरपालिकाले विशेषगरी युवालाई रोजगारी र आयआर्जनसँग जोड्ने उद्देश्यले यो कार्यक्रम अघि बढाएको हो । नगरपालिकाले राँगा तथा भैंसी पालनबाट मल उत्पादन हुने र यसले तरकारी तथा अन्य कृषि उपज उत्पादनमा वृद्धि हुने अपेक्षा गरेको छ ।

गत वर्षको नगरसभाबाट पारित नीति तथा कार्यक्रम अन्तर्गत नगरपालिकाले कृषिलाई व्यवसायीकरण गर्ने विभिन्न कार्यक्रमहरू अगाडि बढाएको छ । राँगा वितरणका अतिरिक्त, नगरपालिकाले पशुपालनसँगै केरा, किबी, कागती, सुन्तला, कफी, चिया तथा तरकारीको व्यवसायिक खेतीका लागि कृषकहरूलाई अनुदान उपलब्ध गराउँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 31 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दोहोरो दबाबमा देउवाः कांग्रेस–एमाले सम्बन्ध धर्मराउँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सबै सेवासुविधामा जनताको हितमा लगाउने छु : कृष्णबहादुर थापा