चन्द्रपुरको ६ वटा अस्पतालको अस्थायी अनुमति बद्दर

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले चन्द्रपुर नगर क्षेत्रमा मापदण्ड पुरागरी नगरपालिकामा दर्ता गरेर मात्रै अस्पताल संचालन गर्न निर्देशन दिएका छन् । चन्द्रपुर नगरपालिकाले आफनो नगर क्षेत्रभित्रका अस्थायी अनुमति लिएर संचालन गरेका निजी अस्पतालहरुको मंगलबार बदर गरेपछि नगर प्रमुख काफ्लेले यस्तो बताएको हुन् । अस्पताल संचालन गर्न आवश्यक पुर्वाधार तथा संचालनको मापदण्ड पुगे नपुगेको नगरपालिकाले अनुगमन गरेपछि मात्रै ति अस्पतालहरुलाई स्थायी अनुमति दिने समेत उनले बताए ।

चन्द्रपुर नगरपालिकाकी उपप्रमुख जयमाला चौधरीले पत्रचार गदै अस्थायी अनुमति लिएका .६ वटा निजी अस्पतालको अनुमति बदर गरेको जानकारी गराइएको थियो । गत फागुण १७ गते मधेश सरकारका मुख्यमन्त्री सतिस कुमार सिंहले अनुगमन गर्दा दर्ता नभइ संचालनमा आएका चन्द्रपुरका ६ वटा निजी अस्पतालले चन्द्रपुर नगरपालिकाबाट अस्थायी अनुमति लिएका थिए ।

अस्पताल संचालनको लागी अस्थायी अनुमति लिएका सिम्स अस्पताल प्रालि,सिभिल अस्पताल प्रालि,हाइवे अस्पताल प्रालि,हिमालय पोलिक्ल्निक,चन्द्रपुर अर्थोेपेडी प्रालि लगायतले लिएका थिए । मुख्यमन्त्री सिंहले अनुगमनको क्रममा चन्द्रनिगाहपुरका १० वटा निजी अस्पताल अबैध तरिकाले संचालन भएकोले बन्द गर्न निर्देशन दिएका थिए ।

उपप्रमुख चौधरीद्वारा जारी पत्रमा स्थानीय सरकार संचालन ऐन २०७४ मन्त्रि परिषदबाट स्वीकृत बिस्तृतिकरण उल्लेखित स्थानीय तहमा आम नागरिक लाइ सर्बसुलब र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नु पर्ने जिम्मेबारी बहन गर्ने प्रयोजनको लागि सरकारी, निजि, सामुदायिक गैरसरकारी वा सरकारी स्तरमा स्थापना हुने स्वास्थ्य संस्था दर्ता, स्तरबृदी स्वास्थ्य संस्था संचालन अनुमति तथा नविकरण गर्ने प्रक्रियालाई सरल सहज व्यवस्थित तथा प्रभावकारी बनाइ यस नगरपालिकाको क्षेत्र भित्र स्वास्थ्य सेवा संचालन गर्न जनस्वास्थ्य ऐन २०७५ जनस्वास्थ्य नियमावली २०७७, स्वास्थ्य संस्था संचालन मापदण्ड २०७७ (पहिलो संसोधन २०७८) तथा चन्द्रपुर नगरपालिकाको स्वास्थ्य संस्था ऐन २०७९ अनुसार यस नगरपालिकाले स्वास्थ्य संस्था संचालन स्वीकृति तथा नविकरणको कार्य गरिरहेको व्यहोरा अबगतै रहेको उल्लखे गरिएको छ ।

पत्रमा भनिएको छ ‘यस कार्यलाई प्रदेश सरकारबाट थप प्रभाबकारी बनाउने उदेश्यले यस नगरपलिका अन्तर्गत स्वास्थ्य संस्थाहरुमा समेत माननीय मुख्यमन्त्रि (मधेश प्रदेश) ज्यु को नेतृत्वका अनुगमन भइ दर्ता नभएको निजि स्वास्थ्य संस्थाहरु बन्द गराइएको हुदा नगरपालिकामा स्वास्थ्य संस्था दर्ताको लागि निबेदन पेश गरिएको निजि स्वास्थ्य संस्था हरुको प्रारम्भिक अनुगमन गरि स्थानीय बिरामीको स्वास्थ्य सेवामा पर्ने असुविधालाई समेत ध्यानमा राखी स्वास्थ्य संचालन मापदण्ड २०७७ (पहिलो संसोधन २०७८) को दफा ५३ बमोजिम अस्थाई अनुमति पत्र जारी गरिएको चैत ४ गतेको मुख्यमन्त्री तथा मन्त्रि परिषदको कार्यालयबाट प्रकाशित प्रेश बिज्ञप्ति अनुसार अस्थाई अनुमति दिने प्राबधान नरहेको विश्लेषण गरिएको र चन्द्रपुर नगरपलिकाबाट जारी गरिएको दफा रक्त संचार केन्द्र संचालन इजाजत पत्र सम्बन्धि व्यबस्था मात्र भएको कुरा उल्लेख समेत गरिएको हुदा आजको मितिबाट लागु हुने गरि यस कार्यालय बाट प्रदान गरिएका सम्पूर्ण पत्रहरु बदर गरिएको व्यहोरा जानकारीको लागि अनुरोध छ’ ।

यसैगरी गत फाल्गुन २२ गते मुख्यमन्त्री सिंहले गरुडा नगरपालिकामा रहेका अवैध रूपमा सञ्चालन भइरहेका १० वटा हस्पिटलहरू बन्द गर्न निर्देशन दिनुभएको थियो । बन्द हुनेमा गरुडा नगरपालिका–५ शिवनगरमा रहेको आनन्द अस्पताल एक्यूपन्चर सेन्टर प्रालि, गरुडा नगरपालिका–४ गरुडामा रहेको अनामिका हस्पिटल, रोमा हस्पिटल, सरस्वती हस्पिटल, सन सिटी हस्पिटल, गरुडा अस्पताल प्रालि, नेत्र ज्योति, होप हस्पिटल लगाएतका हस्पिटल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिनुभएको थियो । अहिले ति अस्पताल निर्बाध रुपमा संचालनमा आइरहेको पाइएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पत्रकार गिरिश गिरीसहित वीरगञ्ज महानगरपालिकामा १९ जनाले दिए मेयरमा उमेद्वारी