लमजुङ । लमजुङमा विद्यालयको ताम राष्ट्रकवि माधवप्रसाद घिमिरे र भूगोलविद् डा. हर्क गुरुङको नामबाट राख्न गाउँपालिकाले गरेको छ । ती दुवै राष्ट्रिय विभूतिको जन्म थलो लमजुङको मस्र्याङदी गाउँंपालिका हो । त्यसैले सो गाउँपालिकाले आफ्नो पालिका क्षेत्रमा रहेका दुई वटा विद्यालयको नाम परिवर्तनको लागि सम्बन्धित निकायमा सिफारिस गरेको हो ।
सो प्रयोजनका लागि मस्र्याङदी गाउँकार्यपालिकाको बैठकले निर्णय गरेको हो । दुई विद्यालयमा चन्द्रोदय माध्यमिक विद्यालय र महेन्द्र माध्यमिक विद्यालयको नाम परिवर्तनका लागि नेपाल सरकार, शिक्षा मन्त्रालय र गण्डी प्रदेश सरकार समाजिक विकास मन्त्रालयलगायतका सम्बन्धित निकायहरूमा सिफारिसका लागि अनुरोध गर्ने निर्णय गरेको छ । मस्र्याङदी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले बताए ।
उनका अनुसार राष्ट्रकवि माधवप्रसाद घिमिरेको जन्म थलो मस्र्याङदी गाउँपालिका– ६ बाहुनडाँडामा रहेको चन्द्रोदय माविको नाम परिवर्तन गरी राष्ट्रकवि माधवप्रसाद घिमिरे मावि राख्न सिफारिस गर्ने निर्णय गरेको हो । उनले भने, ‘यसैगरी भूगोलविद् डा गुरुङको जन्म थलो रहेको मस्र्याङदी गाउँपालिका– ७ को तराञ्चेस्थित महेन्द्रदेव माविको नाम परिवर्तन गरी भूगोलविद् डा. हर्क गुरुङ मावि राख्न सिफारिस गर्ने निर्णय गरिएको छ ।’
गाउँपालिकाले राष्ट्रकवि घिमिरे र भूगोलविद् डा गुरुङले राष्ट्रका निम्ति पु¥याएको अतुलनीय योगदानको उच्च कदर गदै राष्ट्रिय विभूतिद्वयको सम्मानर्थ विद्यालयको नाम परिवर्तन गरी उहाँहरूको नाम राख्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए । यसैगरी गाउँपालिका–ं ९ खुदी बजारको मोटरेवल पुल नजिक रहेको चोकलाई ‘साम्बा चोक’ नामकरण गर्ने निर्णय गरिएको छ ।
मस्र्याङदी गाउँपालिका– ९ पाम्पचोकमा जन्मिएर फुटबल खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा स्थापित हुन सफल सावित्रा भण्डारीको नाममा उक्त चोकको नामकरण गर्ने निर्णय कार्यपालिका बैठकबाट भएको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन चपाईले बताए । उनका अनुसार फुटबलको माध्यमबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल ‘राष्ट्रिय खेलाडी साम्बा’को सम्मानस्वरुप पालिकाको मुख्य मार्गमा रहेको चोकमा भण्डारीको फोटोसहित साम्बा चोक नामकरण गर्ने सर्वसम्मत निर्णय भएको हो ।