एैतिहासिक शम्भुनाथ मन्दिरको कायापलट हुँदै

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकाले धार्मिक तथा पर्यटकीय स्थल शम्भुनाथ मन्दिर आसपासका सार्वजनिक जग्गा मिचेर निर्माण गरिएको घर टहरा डोजर लगाएर भत्काउन शुरु गरेको छ ।

शम्भुनाथ नगरपालिका ३ स्थित उक्त मन्दिर आसपासका सार्वजनिक एवं सडकको जग्गा समेत अतिमक्रमण गरेर बनाईएका घर टहरा डोजर लगाएर भत्काउन शुरु गरिएको हो ।

सार्वजनिक जग्गा अतिक्रमण गरेर बनाईएका संरचनाहरु हटाउन पटक पटक लिखित र मौखिक आग्रह गर्दापनि अटेर गरेको पाईएपछि पालिकाले डोजर लगाएर ती संरचना भत्काउन थालेको शम्भुनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनय कुमार सोनुले बताए ।

सौन्दर्यकरण र व्यवस्थित गर्न डोजर लगाएर भत्काईदै अतिक्रम गरेर बनाईएका संरचना

धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको उक्त मन्दिरकै नामबाट शम्भुनाथ नगरपालिका नामांकरण गरिएको बताउँदै उनले मन्दिर क्षेत्रलाई व्यवस्थि गर्न पनि यस्तो अभियान शुरु गरिएको जानकारी दिए ।

उनले अतिक्रमित जग्गा खाली गराई मन्दिर क्षेत्रलाई व्यवस्थित गर्दै मन्दिरको सौन्दर्यकरण गर्ने काम पनि केही दिन भित्रै शुरु गर्ने गरि टेण्डर प्रक्रिया पनि अघि बढि सकिकेको जानकारी दिए ।

नगरपालिकाका कार्यवाहक नगरप्रमुख अनिता कुमारी चौधरी, वडाध्यक्ष नवीन कुमार चौधरी, विजय साह, जामुन प्रसाद चौधरी, ट्राफिक प्रहरी प्रमुख रामबालक राय यादव, नेपाल प्रहरीका असई उपेन्द्र यादव, सशस्त्र प्रहरीका असई श्रवण कुमार मंडलका साथै ठूलो संख्यामा सुरक्षाकर्मीको उपस्थितिमा पहिलो दिन १७ वटा घर टहरा भत्काईएको प्रमुख प्रशासकीय अधिकृत सोनुले जानकारी दिए ।

सार्वजनिक जग्गामा बनाईएका टहरा हटाउन नगरपालिकाले ८ महिना यता ३५, १५ र ७ दिनको सूचना पटक पटक जारी गरेको थियो ।

अन्तिम पल्ट दिईएको म्याद चैत्र ४ गते सकिएको थियो । उक्त ऐतिहासिक मन्दिरमा प्रत्येक नव बर्षको उपलक्ष्यमा बैशाख १ देखि १ महिना लामो मेला लाग्दै आएको छ । मन्दिरको प्राङ्गणमा लाग्ने यो मेला भर्न स्वदेशी तथा सीमावर्ती भारतीय क्षेत्रका लाखौं तिर्थयात्रीहरु आउने गरेका छन् । तर, अतिक्रमणले समस्या हुँदै आएकाले मन्दिरको संरक्षण र सम्वद्र्धन गर्ने र मेलालाई पनि व्यवस्थित गर्ने उद्देश्यले यस्तो कदम चालिएको कार्यवाहक नगर प्रमुख चौधरीको भनाई छ ।

मन्दिर आसपासका मात्र नभई नगरको अन्य जग्गा तथा सडक मिचेर बनाईएका टहरा पनि क्रमशः हटाईने योजना रहेको नगरपालिकाले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 69 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लोकतन्त्र र आन्दोलन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको उपप्रमुखमा एमालेकी डंगोलले ल्याईन् समाजवादीको भन्दा तीन गुना बढी मत