भक्तपुरमा शनिवार चिल म्युजिक फेस्ट

काठमाडौँ । सांगीतिक कार्यक्रम ‘चिल म्युजिक फेस्ट’ यही शनिवार भक्तपुरमा आयोजना हुने भएको छ । भक्तपुरमा हुने यो कन्सर्टसँगै यो वर्षको लागि महोत्सव यात्रा समापन हुने आयोजक पक्षले काठमाडौँमा पत्रकार भेटघाटमार्फत जनाएको छ ।

नेपालका सांगीतिक परम्परालाई आधुनिक नवप्रवर्तनसँग जोड्दै सांस्कृतिक अनुभवहरू सिर्जना गर्न आयोजना गरिएको यो फेस्टमा पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क(पीभीई नेटवर्क)ले आफ्नो टिकटसँग सहकार्य गर्दै भक्तपुरको मध्यपुर थिमीस्थित हेरिटेज प्यालेसमा आफ्नो प्रस्तुति दिने आयोजक पक्षले जनाएको छ । उनीहरुसँग विभिन्न प्रस्तुति चिल म्युजिक फेस्टको आकर्षण रहेको छ ।

भक्तपुरको कन्सर्टमा कालीप्रसाद बासकोटा एण्ड साथीभाई, रक हेड्स, झिल्के एण्ड द कम्पनी र जेम्सी एकै मञ्चमा प्रस्तुत हुनेछन् । उनीहरूले लगातार तीन घण्टासम्म दर्शकलाई आफ्ना गीतसंगीतबाट नचाउने पनि आयोजक पक्षले जनाएको छ ।

यसअघि चिल म्युजिक फेस्ट झापा, रुपन्देही, काठमाडौँ, र चितवनमा सम्पन्न भइसकेको छ । आयोजकका अनुसार चितवनको नारायणी किनारमा झन्डै १० हजार बढी दर्शकको उपस्थितिमा हालै यो कन्सर्ट सम्पन्न भएको थियो ।

पीभीई नेटवर्कका विकेश कायस्थले लोक, रक, र आधुनिक संगीतको अद्भुत संयोजन दर्साउने यो उत्सव गरेको बताए । नेटवर्कको उद्देश्यअनुसार नेपाली संगीतको धरोहर जगेर्ना गर्दै समुदायलाई आपसमा जोड्ने कार्य यो फेस्टबाट भएको पनि उनले बताए । फेस्टको समापन स्वरूप यो भक्तपुरको कन्सर्टलाई अझ ससक्त बनाउने तयारी भइरहेको पनि कायस्थले जानकारी गराए ।

तपाइको प्रतिक्रिया
(Visited 37 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
२ लाख ६८ हजार सुरक्षाकर्मी फिल्डमा