काठमाडौं । एनआरएनए व्यवसायी तथा लेखक जीवा लामिछानेले आफ्नो नयाँ कृति ‘अक्षत अन्टार्कटिका’ पाठकमाझ ल्याएका छन् । उनको यो पुस्तक काठमाडौँको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको डबलीमा एक विशेष समारोहमा सार्वजनिक गरिएको छ । लेखक जीवा लामिछाने र पत्रकार वसन्त बस्नेतले यो पुस्तक सार्वजनिक गरेका हुन् ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक सदस्य एवम् पूर्व अध्यक्ष जीवा लामिछानेले पृथ्वीको हिउँले ढाकिएको उत्तरी ध्रुव अन्टार्कटिकाको यात्रा गरेका थिए । आफूले गरेको सोही यात्रालाई उनले नियात्रा साहित्यको रूपमा यो पुस्तकमा समेटेका छन् । संसारका एक सय ३० भन्दा बढी देश घुमिसकेका लामिछानेको ‘अक्षत अन्टार्कटिका’उनको तेस्रो कृति हो । उनले यसअघि ‘सरसरती संसार’ र ‘देश देशावर’ गरी दुई वटा नियात्रा संग्रह पाठकमाझ ल्याई सकेका छन् ।
लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकार वसन्त बस्नेतले लामिछानेको यो पुस्तकले अन्टार्कटिकाको सौन्दर्य, अनुसन्धान र वातावरणीय सन्देशलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको बताए । पुस्तक’bout उनले भने, ‘यो पुस्तक सीधा यात्रा संस्मरण मात्र नभएर रहस्यमय स्थानको रोचक शिल्प पनि हो । यसको सरलता, भाषिक मिठास र उत्कृष्ट संयोजनले जो कोहीलाई मोहित तुल्याउँछ ।’
यसका लेखक जीवा लामिछानेले अक्षत अन्टार्कटिकामा आफूले सन् २०२४ जनवरी १३ देखि २४ सम्म १२ दिनको अन्टार्कटिकामा गरेको यात्राका रमाइला अनुभवहरू साझा गरेको बताएका छन् । हिउँको साम्राज्य अन्टार्कटिका जानुअघि नै आफूले पुस्तक लेख्छु भन्ने अठोटका साथ सो यात्रा थालेको उनले उनले जानकारी गराए । सो यात्राकै क्रममा आफूले २५ हजार शब्द लेखिसकेको पनि जीवा लामिछानेले बताए ।
‘म अन्टार्कटिका लेख्ने तयारीसाथ गएको थिएँ र फर्किएर आएपछि थप स्रोत सामग्री अध्ययन गर्दै पुस्तक लेखनलाई तीव्रता रूपमा अघि बढाएँ । सोही कारण यात्रा सम्पन्न गरेको एक वर्ष भित्रै यो पुस्तक यहाँहरू माझ ल्याउन म सफल भएको हुँ’ जीवाले पुस्तक लोकार्पण समारोहमा भने ।
त्यसो त कतिपय नियात्रा कृतिमा केबल स्थानको बयान मात्र हुन्छ तर यो नियात्रा कृतिमा आख्यान भावलाई पनि समेटिएको छ । जीवाको अक्षत अन्टार्कटिका सरल भाषामा लेखिएको यात्रा–वृत्तान्त भएकाले यसले पाठकको मन जित्ने विश्वास प्रकाशन पक्षको छ । हुन पनि यो पुस्तकले अन्टार्कटिकाको दृश्य–चित्र मात्र प्रस्तुत गर्दैन, पृथ्वीको भविष्यप्रति हामीलाई सचेत हुन प्रेरित पनि गर्छ ।
बढ्दो क्लाइमेट चेन्जका कारण अन्टार्कटिकामा पर्दै गरेको प्रभावलाई पनि यो कृतिले सचेत गराएको छ । अन्टार्कटिकामा चिसो मात्र छैन, सौन्दर्य पनि भन्ने कुरा यो पुस्तकले दर्साउँछ । जीवाको यो पुस्तकलाई फाईन प्रिन्टले प्रकाशन गरेको हो ।