नागरिकता कीर्ते सहित तीन मुद्दाका अभियुक्त धरौटीमा छुटे

लमजुङ । नागरिकता किर्ते मुद्धाका तीन दशकपछि पक्राउ परेका एक अभियुक्त लमजुङ जिल्ला अदालतमा धरौटी बुझाएर छुटे लगत्तै पुनः पक्राउ परेका छन् । उनलाई प्रहरीले दोस्रो पटक लागुऔषधको अभियोगमा पक्राउ गरेको जनाएको छ ।

पक्राउ पर्ने व्यक्ति लमजुङको मस्र्याङ्दी गाउँपालिका– ६, बाहुनडाँडामा स्थायी बसोबास भएका ५३ बर्षीय सु घले हुन् । उनलाई उनकै घरबाट गत फागुन ५ गते पक्राउ गरी नागरिकता किर्तेको अभियोगको मुद्दामा लमजुङ प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

जिल्ला न्यायाधीश कृष्णप्रासाद पौडेलको इजदासबाट फागुन २६ गतेको इजलासले नागरिकता किर्ते आरोपी घलेसँग ४० हजार रुपैँया धरौटी माग भएको थियो । सो रकम तत्काल बुझाउन नसकी थुनामा गएका घलेले बिहीबार धरौटी बुझाएर रिहा भएको जिल्ला अदालतका श्रेस्तेदार भेषराज पौडेलले बताए ।

जिल्ला अदालतमा धरौटी बुझाएर रिहा भएका घलेलाई जिल्ला प्रहरी कार्यालय लमजुङले तत्कालै उनलाई पक्राउ गरी लागू औषध नियन्त्रण ब्यूरो कोटेश्वर, काठमाडौं पठाएको लमजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक रेशम बोहोराले बताए । उनका अनुसार घले विभिन्न तीन मुद्धामा विगत ३० बर्षदेखि फरार रहेका थिए । उनले भने, ‘घले नागरिकता किर्ते, दोहोरो राहदानी र लागुऔषधको मुद्धामा फरार सूचिमा थिए ।’

घले एकै व्यक्तिसँग ३ वटा नागरिकता ?
घलेले विभिन्न चरणमा ३ वटा छुट्टा छुट्टै किर्ते नागरिकता बनाएको देखिएको प्रहरी भनाइ छ । उनले बनाएको नागरिकता अनुसारको अभिलेख जिल्ला प्रशासन कार्यालयमा नभेटिएको प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले बताए । उनका अनुसार ३ वटै फरक– फरक नामबाट नागरिकता बनाएका उनको २ वटामा भने, जन्ममिति एउटै रहेको सुनेको छु । यो अदालतमा मुद्दा दर्ता भएको हुदा हामीले बढी चासो राखेका छैनौं प्रजिअ गुरुङले भने ।

घलेका विरुद्धमा कीर्ते नागरिकताको मुद्दा प्रहरीले २०५० सालमा मुद्धा चलाइएको थियो । उनका बाबुआमाले भने, ‘२०५१ सालमा छोरा हराएको’ भन्दै प्रहरीकोमा कागज गरेका थिए । त्यसपछि उनलाई प्रहरीले फरार सूचिमा राख्दै आएको थियो ।

घलेले पहिलो पटक २०४४ सालमा गाउँमा सरकारी टोली गाउँमा पुगेको बेला २०२८ साल बैशाख १० को जन्म मिति रहेको सु घले नाम राखी नागरिकता बनाएको देखिएको छ ।

तत्कालिन प्रमुख जिल्ला अधिकारी देवीप्रसाद भट्टराईको नेतृत्वमा गएको टोलीले सो नागरिकता प्रदान गरेको भनिएको छ । तर, प्रशासनको अभिलेखमा सो समयमा देवीप्रसाद भट्टराई लमजुङमा प्रमुख जिल्ला अधिकारी रहेको नै देखिदैन ।

२०४८ सालमा पुनः प्रजिअ भट्टराईकै नेतृत्वमा दोस्रोपटक गएको टोलिसँग उनले सोही जन्म मिति तर, नाम सुम घले रहेको नागरिकता बनाएको देखिन्छ । नाम फरक रहेपनि अन्य विवरण ती २ वटा नागरिकतामा मिल्छ । उनले दुवै नागरिकतामा उल्लेख भएको ठेगाना तत्कालीन बाहुनडाँडा गाविस– ३, उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालयको अभिलेख हेर्दा देवीप्रसाद भट्टराई २०४९ साल पुस १७ मा मात्र प्रमुख जिल्ला अधिकारी भएको देखिन्छ ।

घलेले पछिल्लो पटक २०३१ साल पुस २१ गतेको जन्ममिति र बाबुआमाकै फरक नाम रहेको नागरिकता निकाले । सो नागरिकता भने, तत्कालित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद त्रिपाठीको पालामा बनाएको देखिन्छ । अभिलेख अनुसार हालसम्म कृष्णप्रसाद त्रिपाठी नाम गरेका प्रमुख जिल्ला अधिकारी लमजुङमा आएको देखिदै ।

२०४४ र २०४८ सालमा बनाएको नागरिकतामा बाबुको नाम मानबहादुर घले रहेकोमा पछिल्लो नागरिकतामा बाबुको नाम मनबहादुर घले उल्लेख छ ।

यस’boutमा जिल्ला प्रशानस कार्यालय लमजुङमा सम्र्पक गर्दा प्रमुख जिल्ला अधिकारी बुद्धबहादुर गुरुङले अभियुक्त घलेले बनाएको ३ वटै नागरिकता अनुसारको अभिलेख प्रशासनमा फेला परेको छैन, त्यसैले सबै नागरिकता किर्ते हुन सक्ने बताए । उनका अनुसार त्यो बेलामा हातले लेख्ने प्रचलन थियो, सबै विवरण हातले नै भरेको भन्ने सुनेको छु ।

पछिल्लो समय सउदीबाट नेपाल आएका घलेलाई प्रहरीले गोप्य सूचनाका आधारमा उनकै घरबाट पक्राउ गरेको प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक रेशम बोहोराले जानकारी दिए ।

कीर्ते नागरिकताका अभियुक्त घलेले बयानका क्रममा आफूलाई नागरिकता बनाइदिने व्यक्ति छिरिङ रहेको उल्लेख गरेको जिल्ला अदालतका श्रेस्तेदार भेषराज पौडेलले बताए । उनले भने, ‘त्यो बेलाका अन्दाजी ५० बर्षका छिरिङले नागरिकता र राहदानी दुबै बनाई दिएसँगै आफू काठमाडौंबाट भागेर बम्बै गएको र धेरैपछि नेपाल आएको बताएका थिए । यो बाहेक अन्य कुरा आफूलाई थाहा नभएको बयान दिएका छन् ।’

लागुऔषध अभियोगको मुद्दाको अनुसन्धान सकिएपछि घलेलाई पु्नः लमजुङ ल्याइने प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
(Visited 72 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
खोटाङका दुई स्थानीय तहमा पहिलोपल्ट महिला नेतृत्व