मानव आश्रमले लगेको छोरो बेपत्ता

राजविराज । उपचारका लागी आश्रमले लिएर गएको छोरा प्रविण ९ महिना पछि वेपत्ता हुदा यती बेला उनकी बृद्ध आमा चिन्तामा डुबेकी छिन ।

सप्तरीको शम्भुनाथ नगरपालिका ७ वस्ने ६० वर्षिया आमा इश्वरी देवी चौधरी यसरी चिन्तामा डुबेकी हुन । उनी एकल महिला हुन । आर्थिक अभावका कारण उनले सुस्त मनस्थितीका २३ वर्षिय छोरा प्रविणको उपचार गराउन नसकी घर मै फलामे सिक्रीमा बाँधेर विगत ५ वर्ष देखी राखेका थिए ।

चिन्तामा डुबेकी छिन आमा, आर्थिक समस्याले आश्रम व्यवस्थित गर्न समस्या

आर्थिक अभावमा उपचार गराउन नसकी सूस्त मनस्थितीका छोरालाई यसरी बाँधेर राखिएको खबर पाएपछि पुगेको जनकपुरस्थित मानव सेवा आश्रमको टोलीले गत २०८१ असार ४ गते उद्दार गरी लगेको थियो ।

मधेश प्रदेशका तत्कालिन बन राज्यमन्त्री रञ्जु मण्डल, प्रदेश सांसद महेश प्रसाद यादव, तत्कालिन प्रमुख जिल्ला अधिकारी मेख बहादुर मंग्राती, इन्सेक सप्तरी प्रतिनीधी मनोहर पोखरेल तथा आश्रमका मधेश प्रदेश इन्र्चाज विवेक महतो, आश्रमका सचिव सुमन बर्ताैलाको उपस्थितीमा उद्दार गरी आश्रमले लगेकोमा फागुन ६ गते प्रविण भागेर सम्पर्क विहिन भएको भनी आश्रमले वडाअध्यक्ष गोपाल चौधरीलाई खबर गरेको थियो ।

तीन सन्तान मध्ये जेठो छोरा रविन ६ वर्ष अघि वेपत्ता भएकोमा अहिले सम्म फेला परेका छैनन् । माईलो छोराको मुख हेरेर चित्त बुझाउदै आएको बेला त्यो पनि अहिले आएर वेपत्ता हुदा मन थाम्न नसकेको आमा इश्वरीले आँशु झार्दै सुनाईन ।

सात वर्ष अघि उनले श्रीमान् परशुरामलाई गुमाएकी थिइन । मुटुमा देखिएको समस्या रकम अभावका कारण समयमै उपचार गराउन नसक्दा उनका श्रीमान परशुरामको मृत्यु भएको थियो । कान्छो छोरा सन्तोष मजदुृरीका सिलसिलमा हाल काठमाडौंमा छन ।

सडकमा अलपत्र परेका तथा रकम अभावमा उपचार गराउन नसकी घर मै कष्टकर जीवन विताईरहेका ब्यक्ती तथा विरामीलाई उद्दार गरी उनीहरुको उपचार गराई व्यवस्थापन गर्ने काम गर्दै आएको आश्रमका सचिव सुमन बर्ताैलाले शुक्रवार सञ्चारकर्मीहरुसीतको कुराकानीमा आश्रमका केही सरसमानका साथै फोहर उठाउन गाडी आएको वखत ढोका खोलेको मौका छोपी लुकेर प्रविण भागेको बताएका छन् ।

हाल आर्थिक समस्याका कारण एकजना मात्र सुरक्षा गार्ड राख्न सकिएको र उनी मुल ढोका मै लोडिङ कार्यमा व्यस्त रहेका बेला अचानक प्रविण भागेको उनको भनाइ छ । यहाँ ल्याउने व्यक्तीलाई घरमा जस्तो बाधेर राख्ने प्रचलन आश्रममा नरहेको र प्रविणमा क्रमशः सुधार हुदै गएको अवस्थामा एक्कासी भागे पछि आफुहरु चकित परेको उनको भनाई छ ।

प्रविण भागेपछि उनको हुलीयासहित खोज तलासमा सहयोग गरिदिन प्रहरीका जिल्लादेखी केन्द्र सम्मका उच्च अधिकारीलाई आग्रह गरिएको उनले बताए ।

आर्थिक अभावका बावजुद पनि प्रविणको उपचार र खानपीनको व्यवस्था आश्रमले गर्दै आएको बताउँदै उनले प्रविण एक्कासी भाग्नु आफुहरुका लागी पनि दुखःद र दुर्भाग्यपुर्ण भएको सुनाए ।

आश्रमलाई राज्यपक्षबाट समय मै आवश्यक बजेट उपलब्ध हुन नसक्दा ५ महिनादेखी घर भाडा र दुई महिनादेखी कर्मचारीहरुले तलब पाउन नसकेको दुःखेसो समेत उनले सुनाए ।

तपाइको प्रतिक्रिया
(Visited 89 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
जहाँ स्वतन्त्रले जिते