काठमाडौं । नेकपा माओवादी केन्द्र निकट उपत्यका विशेष प्रदेश उद्यमी महाशाखा वैदेशिक रोजगार शाखा गठन भएको छ। शुक्रबार सम्पन्न शाखाको दोश्रो भेलाले ईगल म्यानपावर कन्सल्ट्यानटका प्रा लिका सञ्चालक कृष्ण ढकालको अध्यक्षतामा १३ सदस्यीय वैदेशिक रोजगार शाखा गठन गरेकोे हो ।
शाखाको उपाध्यक्षमा साउदी नेपाल रिक्रूटमेन्ट प्रा लि का सञ्चालक सोम तामाङ, अल फलस ग्रूप ह्युमन रिसोर्स प्रालिका सञ्चालक राजु शर्मा र त्रिपाल स्टारका सरोज लामा रहेका छन् । सचिब पदमा याशिन ओभरसिजका इन्द्र मणि न्यौपाने सहसचिबमा फरेभर ह्युमन रिसोर्स प्रा लि का रबिन्द्र राई निर्वाचित भएका छन् ।
कार्यसमिति सदस्यमा भैरब इन्टरनेशनल प्रा लिकी सञ्चालिका सुमिना तामांङ, यभो सपोर्ट ह्युमन रिसोर्स प्रा लिका संचालक बिमल बस्नेत, पर्सा ओभरसिज प्रा लिका इन्द्र तामाङ, ईम्पावर ओभरसिज प्रा लि का तारा मणि राई, कान्तिपुर ओभरसिज प्रा लिका नबराज पाण्डे अरेबियन सेन्टर प्रा लि का तिपेन्द्र प्रसाद न्यौपाने र गोल्डेन एचिभर्स ईन्टरनेशनल प्रा लिका हस्त बहादुर तामांङ रहेका छन् ।
कार्यक्रम नेकपा नेकपा (माओबादी केन्द्र) का केन्द्रिय सदस्य तथा पूर्व श्रम रोजगार तथा सामाजिक मन्त्री रामेश्वर राय यादब प्रमुख अथिति रहेका थिए । त्यस्तै नेकपा (माओबादी केन्द्र) का केन्द्रिय सदस्य तथा तथा महाशाखाक इन्चार्ज कृष्ण केसी, उपत्यका विशेष प्रदेश कमिटिका सचिब कमल सापकोटा, उपत्यका विशेष प्रदेश कमिटिका सदस्य इश्वरी पाण्डे तथा नेकपा (माओबादी केन्द्र) उपत्यका बिशेष प्रदेश उधमी व्यवसायी महाशाखाका अध्यक्ष अम्बिर गुरुङ, उपत्यका बिशेष प्रदेश उधमी व्यवसायी महाशाखाका उपाध्यक्ष तथा वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका महासचिव कुन्छादोर्जे दिमदोङ लगायतका व्यवसायीहरुको भब्य उपस्थिति रहेकोे थियो।