कसैले डराउन पर्दैन, देशमा शान्ति चाहिएको छ : पूर्वराजा शाह

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले गोरखा दरबारस्थित गोरखकाली मन्दिरमा पूजा अर्चना गरेका छन् । गोरखकाली मन्दिरमा पूजा अर्चना गरेपछि पूर्वराजा शाहलेसञ्चारकर्मीहरुसँग कुरा गर्दै अहिले देशमा शान्ति चाहिएको बताएका छन् ।

उनले भने, “कसैले कसैको पनि कुभलो नचिताओस् । भलो चिताओस् । कसैले केही गर्नलाई डराउन पर्दैन । देशको शान्ति कायमै होस् । देशमा विकास होस् । सबैलाई सुख र समृद्धि होस् ।” पूर्वराजा शाहले लामो समयपछि आफ्नो पूर्खाको थलो गोरखा आउँदा खुसी लागेको बताउँदै नेपाली जनतालाई सुख र समृद्धिको कामना गरेका छन् ।

पूर्वराजा शाहले आजै मनकामना मन्दिरको पनि दर्शन गर्दै छन् । गोरखा दरबारमा पूर्वराजालाई त्यहाँका स्थानीयले भब्य स्वागत गरेका थिए । उनका समर्थकहरुले राजतन्त्रको पक्षमा नाराबाजी समेत गरेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 229 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दोहोरो दबाबमा देउवाः कांग्रेस–एमाले सम्बन्ध धर्मराउँदै

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
हमाल भन्छन् ‘धनगढीलाई पाँच वर्षमा मुलुककै नमुना शहर बनाउछु’