खोटाङ । खोटाङमा शनिबार बिहान परेको चट्याङकबा कारण एक महिलाको मृत्यु भएको छ। केपिलासगढी गाउँपालिका–७ सुङदेल छिन्तेडाँडा गुल्टिङ निवासी ४५ वर्षीया दिलकुमारी राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
बिहान करिब ४ः३० बजेको समयमा घरबाहिर आँगनमा राखिएका सामानहरू पानीबाट जोगाउन निस्किएका दिलकुमारीलाई अचानक चट्याङ लाग्दा घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष तेजकुमार राईले जानकारी दिए । घटना’bout बिहान ७ः३० बजे खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बाक्सिलाबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ। घटनास्थल इलाका प्रहरी कार्यालय बाक्सिलाबाट करिब ११–१२ किलोमिटर उत्तर–पूर्व दिशामा पर्छ । प्रहरीका अनुसार, कानुनी प्रक्रिया र थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय खोटाङबाट समेत प्रहरी टोली घटनास्थलमा खटिएको छ।
बार्दलीबाट लडेर घाइते बालिकाको मृत्यु
खोटाङ कै अर्को दुखद घटनामा घरको बार्दलीबाट लडेर गम्भीर घाइते भएकी एक बालिकाको मृत्यु भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्क घर भई हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल रत्नपार्कस्थित मानकुमारी राईको घरमा डेरा गरी बस्दै आएका अशोक पोखरेलकी २१ महिने छोरी अनुसोया पोखरेलको मृत्यु भएको हो ।
प्रहरीका अनुसार बुधबार साँझ अन्दाजी ६ः१५ बजेतिर बार्दलीबाट लडेर घाइते भएकी बालिकालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल खोटाङ पु¥याईए पनि बालिकाको अवस्था गम्भीर भएकाले साँझ ८ बजेतिर थप उपचारका लागि सुमोमा काठमाडौंस्थित अन्नपूर्ण अस्पतालतर्फ लाने क्रममा राती १२ बजेतिर जयरामघाट पुग्दा बालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको र कानुनी प्रक्रिया सुरु गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। यी दुवै घटनाले स्थानीय समुदाय शोकमा परेको छ ।