इलाम । इलाम महिला गोल कपपछि चितवनको राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफले जितेको छ । भरतपुरको कृष्णपुर मैदानमा शनिवार भएको फाइनल खेलमा आर्मीलार्ई टाई ब्रेकरमा हराउँदै आर्मीले उपाधि जितेको हो । त्रिभुवन आर्मी क्लबले एपिएफ सँगको इलामको हारको बदला लिने अवसर चितवनमा पाए पनि आर्मीले बदला लिन सकेन ।
खेलको १३ मिनेटमा आर्मीकी विमला चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन। सधैँ बेन्चमा बस्ने विमला यस पटक भने सुरु मानै मैदान प्रवेश गरेकी थिइन । उनैको गोलमा अग्रता बनाएको आर्मीले अन्तिम चार मिनेट थाम्न नसक्दा एपिएफकी रश्मि कुमारी घिसिङले गोल गर्दे खेललाई बराबरी बनाइन ।
खेल समय भरी ११ गोलले बराबरी बनेपछि नतिजा टाई ब्रेकरबाट लिइएको थियो । जसमा एपिएफका गीता राना मगर, अनिता बस्नेत, रश्मि कुमारी घिसिङ र निशा थोकरले गोल गर्दा आर्मीकी तुलसा बोहरा र गोल किपर अञ्जना रानाले गोल गरे भने इन्दिरा राईको प्रहार एपिएफकी सावित्रीले रोकिन । त्यस्तै मनीषा कुसहरको प्रहार पोस्ट बाहिर पर्दा आर्मीले एपिएफलाई इलामको बदला लिने अवसर गुमेको हो ।
खेलमा निकै वटा अवसर बनाएको एपिएफले सदुपयोग गर्न नसक्दा खेललाई बराबरी बनाउन अन्तिम समय कुर्नु परेको थियो । एपिएफले खेलको ११ मिनेटमा अनिता बस्नेतको पासमा टिमलाई अग्रता दिलाउने अवसरमा विमला थापा चुक्न पुगिन भने १७ मिनेटमा विमलाकै निकै राम्रो अवसर प्रहार हुन नपाउँदै कर्नरमा परिणत बन्यो । २६ मिनेटमा डिबक्स छेउबाट अनिता बस्नेतको फ्री किक प्रहार अञ्जना मगरको हातमा प¥यो ।
३१ मिनेटमा एपिएफले पाएको निकै राम्रो अवसरलाई अन्जनाले गोलमा परिणत हुन रोकिन । ३९ मिनेटमा किपर एरियाबाट सविताको प्रहार किपर विट भए पनि गोल पोस्टको रेखाबाट आर्मीकी विमला चौधरीले जोगाएकी थिइन । ४८ मिनेटमा अनिताको फ्री किक प्रहार फ्रेममा नपर्दा ६१ मिनेटमै खेललाई बराबरी बनाउने अवसरबाट अनिता चुकिन । ७४ मिनेटमा रश्मिले खेललाई बराबरी बनाए सँगै उत्साहित बनेको एपिएफले खेलको इन्जोरी समयमा गोल गर्ने अवसरबाट सविता चुक्दा खेलको नतिजा टाई ब्रेकरमा पुगेको थियो ।
खेलको १३ मिनेटमा विमला चौधरीको गोल सँगै अग्रता बनाएको आर्मीले १९ मिनेटमा दोस्रो गोल गर्ने अवसरबाटै विमला चुक्न पुगिन । ३७ मिनेटमा विमला चौधरीको पासमा मनमाया दमाईले गोल गर्ने अवसर सदुपयोग गर्न सकिनन् । ५४ मिनेटमा चन्द्रा भण्डारीको थ्रु पासलाई अनिता लमजेलले किपर अघि बढेको बेला विट गरेर खाली पोस्टमा प्रहार गरे पनि गोल गर्न चुक्दा टिमलाई अग्रता बनाउने निकै राम्रो अवसर गुम्यो । ६४ मिनेटमा चन्द्र भण्डारीले पाएको अवसरलाई गोल गर्न नसके पछि इलाम गोल्ड कपको हारको बदला लिने आर्मीको दाउ सफल बन्न सकेन ।
प्रतियोगिताको विजेताले ३ लाख र दोस्रो हुने टोलीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गरेको छ ।