रसुवा । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुवेशी बस्ने रूकुम पश्चिम मुसिकोट नगरपालिका–१ घर भएका २३ वर्षीय नविन रावललाई हिजो शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
रावलले ती किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा स्याफ्रुवेशीबाट प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाइको प्रतिक्रिया
(Visited 93 times, 1 visits today)