जनपक्षीय चलचित्रकर्मी संघको अध्यक्षमा वसन्तराज रिजाल

काठमाडौं । राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको चौथो राष्ट्रिय सम्मेलनले नयाँ कार्यसमिति चयन गरेको छ ।

चलचित्र विकास बोर्डमा आयोजित सम्मेलनले कलाकार वसन्तराज रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । उनी संघमा निर्विरोध निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा सुदिप शर्मा, उपाध्यक्षमा केशरबहादुर रायमाझी र उद्धवप्रसाद भट्टराई, महिला उपाध्यक्षमा पनाह अधिकारी र महासचिवमा सबनम मुखिया चयन भएका छन् ।

यस्तै संघको उप महासचिवमा सरस्वती घिमिरे, सचिवमा माधव पौडेल, अमिर दोङ र रिमेश अधिकारी, कोषाध्यक्षमा राज बस्नेत निर्वाचित भएका छन् ।

यसै गरी राष्ट्रिय जनपक्षीय चलचित्रकर्मी संघ नेपालको सदस्यहरूमा सदस्य विशाल तामाङ, रत्न श्रेष्ठ, अनिता भट्टराई, सरु ढुंगेल, मणि लिम्बु, सुरज आचार्य, डम्बरबहादुर बिक, केशर कार्की, सुरज खड्का लगायत ५१ सदस्य केन्द्रीय कमिटी सदस्य चयन भएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 27 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९५ लाख मतपत्र छापियो