भूपी शेरचनवारे छोरीको संस्मरण बजारमा

काठमाडौं । नेपाली कविताका शिखर पुरुषको रूपमा चिनिएका कवि भूपी शेरचन’bout ‘भूपी ः छोरीको स्मृतिमा’ पाठकमाझ आएको छ । यो पुस्तकलाई फाईन प्रिन्टले प्रकाशन गरेको हो । पुस्तकलाई भूपी शेरचनकी कान्छी छोरी कविता शेरचनले लेखेकी हुन् । आफूले सुरुमा भूपी ः अ डटर्स मेम्वाएर लेखेको र त्यसलाई नेपालीमा रूपान्तरण गरेर यो पुस्तक तयार गरेको कविताले बताएकी छिन् ।

भूपी ः छोरीको स्मृतिमा पुस्तकमा कविताले बुबा भूपीसँगको भावनात्मक सम्बन्ध, उनी’bout चलेका हल्ला र व्यक्तित्व निर्माणका कारक केलाएकी छिन् । धनाढ्य पिताका सर्वहारा कविदेखि समाजवादी कवि भूपी शेरचनसम्मको यात्रा पनि वर्णन उनले यसमा गरेकी छिन् । यो किताब छोरीको स्मृति मात्रै होइन, भूपीसँग सम्बन्धित प्रश्नहरूको एकमुष्ट जवाफ र शेष शंकाहरूको भद्र स्पष्टीकरण पनि हो ।

आफ्नो बुबाको ’boutमा बजारमा सुनेका धेरै हल्लाहरूलाई यो पुस्तकबाट प्रस्ट्याउने कोसिस गरेको बताउँदै कविताले भनिन्,‘कवि भूपी शेरचन’bout मैले अनेकौँ किस्सा सुनेकी छु । केही सत्य तर धेरै कपोलकल्पित ! तिनै किस्साहरूलाई मैले पुस्तकमार्फत रहस्योद्घाटन गर्ने प्रयास गरेको छु ।’

उनी थपिन्,‘सम्पन्न परिवारमा जन्मेर पनि बुबाले किन साम्यवादी दर्शन अँगाल्नुभयो ? सर्वहारा कवि कालान्तरमा कसरी राजावादी बन्न पुग्नुभयो र साथीभाइ र परिवारसँग उहाँको सम्बन्ध कस्तो थियो जस्ता प्रश्नको उत्तर दिँदै उहाँका जीवनका विभिन्न पाटा केलाउने र पाठकसमक्ष ल्याउने मेरो प्रयास नै यो पुस्तक हो ।’

फाइनप्रिन्टका प्रमुख कार्यकारी अधिकृत (सिईओ) नीरज भारीले नयाँ नेपाली पाठकलाई नेपाली साहित्यका महान् व्यक्तित्व’bout जानकारी गराउने र उनीहरूमा हाम्रा साहित्यिक सम्पदाप्रति श्रद्धा जगाउने प्रयासस्वरुप शृङ्खलाबद्ध रूपमा आफूहरूले ती व्यक्तित्वहरू’bout संस्मरण एवम् जीवनी अन्तर्गत यो पुस्तक प्रकाशन गरेको बताए । उनको आफ्ना प्रकाशन’bout भने,‘ यो सृंखला अन्तर्गत हामीले भूपी ः छोरीको स्मृतिमा प्रकाशन गरेका हौं भने यसअघि गोविन्द गिरी प्रेरणाले लेखेको पारिजातको जीवनी सुश्री पारिजात र लक्ष्मीप्रसाद देवकोटा’bout छोरा पद्म देवकोटाले लेखेको संस्मरण सम्झनामा बुबा लक्ष्मीप्रसाद देवकोटा प्रकाशन गरिसकेका छौं ।’

आधुनिक नेपाली कविताको धरोहर कवि भूपी आज पनि उत्तिकै आदरपूर्वक पढिन्छन् । कवितामा मानवीय संवेदनाको सार पर्गेल्दै सामाजिक न्यायको पक्षपोषण गर्ने उनको जीवन भने विरोधाभास र रहस्यमै बित्यो । ती कुराहरूलाई कविताले यो पुस्तकमा समेटेकी छिन् ।

तपाइको प्रतिक्रिया
(Visited 36 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लोकतन्त्र र आन्दोलन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कञ्चनपुरकाे भिमदत्तमा कांग्रेस उम्मेदवार बिजयी