पूर्वराजा ज्ञानेन्द्रलाई राप्रपाले पार्टी अध्यक्ष बनाए हुन्छ: सभापति देउवा

काठमाडौं । नेपाली काँग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्व राजा ज्ञानेन्द्र शाह संवैधानिक राजा हुन लायकको मान्छे नै नभएको र हुन पनि नसक्ने बताएका छन् ।

कांग्रेसका बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्रलाई पार्टीको अध्यक्ष बनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सुझाव दिनु भएको छ । सभापति देउवाले पूर्व राजा ज्ञानेन्द्रलाई पार्टी अध्यक्ष बनाउँदा पनि राप्रपा पछुताउने दाबी समेत गरे ।

उनले भने ‘बरु राप्रपाले पार्टी सभापति (अध्यक्ष) बनाए हुन्छ । पूर्वराजाले राजनीति नै गर्नु छ भने पार्टी खोलेर गरे भइहाल्यो । तर, त्यो पार्टीमा लाग्नेले पनि धेरै दुःख पाउँछन्।’ सभापति देउवाले भने ‘यिनको बानी के छ, टेम्पारामेन्टले पनि यिनी कुनै पनि हालतमा संवैधानिक राजा बन्ने वाला छैनन् ।’

तपाइको प्रतिक्रिया
(Visited 101 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

लागूऔषधको ट्रान्जिट बन्दै कोशी : लागूऔषध सहित २३ जना प्रहरीको फन्दामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
नयाँ जनप्रतिनिधिका फरकफरक वाचा