दर्जन नेपाली भारतमा सम्मानित

राजविराज । मानवअधिकार, महिला शसक्तिकरण, समाजिक न्याय, संचार लगायतका क्षेत्रमा योगदान गरेवापत एक दर्जन नेपाली भारतमा सम्मानित भएका छन् ।

भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकत्तामा आइतबार ग्लोबल ह्युमन राइट्स प्रोटेक्शन फोरमले एक कार्यक्रमको आयोजना गरि १५ जना नेपालीलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा तराई मधेश महिला फाउण्डेशन नेपालकी अध्यक्ष सुनिता कुमारी साह क्रान्ति, पूर्व प्रदेश सांसद नेत्रविक्रम साह, नेपाल पत्रकार महासंघका केन्द्रिय परिषद् सदस्य मनोज कुमार माझी, अधिकारकर्मी एवं संचारकर्मी बृजमोहन कुशवाहा, सामाजिक अभियन्ता अनवर अली छन् ।

त्यस्तै पारस प्रसाद जयशवाल, प्रमिला गिरी, सत्येन्द्र प्रसाद गुप्ता लगायत १५ जना ग्लोबल ह्युमन राइट्स अवार्ड २०२५ बाट सम्मानित भएका छन् ।

नेपाली टोलीको नेतृत्व तराई मधेश महिला फाउण्डेशन नेपालकी अध्यक्ष साहले गरेकी थिइन् । कार्यक्रमका प्रमुख अतिथि ह्युमन राइट्स प्रोटेक्शन फोरमका अध्यक्ष बिरमणि सिंह, पश्चिम बंगालका अध्यक्ष महानन्दा सरकार दत्त, डा. बिजयी कस्तुरी, डा. अजित दत्त, डा. प्रकाश रमभाव, डा. मुकुल चक्रवती लगायतले उक्त अवार्ड प्रदान गरेका थिए ।

उक्त फोरमले विगत दुई दशकदेखी मानवअधिकार, महिला सशक्तिकरण र सामाजिक न्याय लगायतका क्षेत्रमा काम गरेका व्यक्तित्वहरुको छनौट गरि सम्मान गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 159 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

जमिन भासिएर हराएको गाडीको १९ दिनपछि पार्टपुर्जा भेटियो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
९५ लाख मतपत्र छापियो