Sunday, June 13, 2021
Home Uncategorized लकडाउनको स्वरूप परिवर्तन हुन सक्ने

लकडाउनको स्वरूप परिवर्तन हुन सक्ने

,

काठमाडौं । सरकारले ४१ दिनदेखि लगाउँदै आइरहेको लकडाउनको मोडालिटी (स्वरूप) परिवर्तन गर्ने संकेत गरेको छ । ११ चैतदेखि जारी लकडाउन २५ वैशाखसम्म कायम रहनेछ । २५ वैशाखपछि भने सरकारले लकडाउनको स्वरूप परिवर्तन गरी क्षेत्रअनुसार केही खुकुलो बनाउने तयारी गरेको हो ।
सरकारको योजनाअनुसार २५ वैशाखपछि कृषिजन्य वस्तुको उत्पादन, भण्डारण तथा बिक्री वितरणमा बन्देज नलाग्ने गरी लकडाउनको मोडालिटी परिवर्तन गर्ने तयारी भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।
सोमबार उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड–१९ नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकमा चारवटै सुरक्षा निकायका प्रमुख तथा स्वास्थ्य मन्त्रालयका अधिकारीले सर्तसहित राजधानीलगायत विभिन्न स्थानमा लगाइएको लकडाउन खुकुलो बनाउँदै लैजानुपर्ने सुझाव दिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले जानकारी दिए ।
बैठकमा कोरोना भाइरस संक्रमणको हाल देखिएको प्रभाव र भविष्यमा देखिन सक्ने असरलाई विश्लेषण गरी सिंगो देशलाई रेड, एलो र ग्रिन जोनमा विभाजन गर्ने र सोहीअनुसार लकडाउनलाई केही खुकुलो बनाउन सकिने विषयमा छलफल भएको थियो । जसअनुसार रेड जोनलाई पूर्ण रूपमा सिल गर्ने र ग्रिन जोनमा रहेका जिल्लामा कृषि, पशु तथा त्यससँग सम्बन्धित कारोबार सावधानी अपनाएर खुकुलो बनाउने, मालसामानको ढुवानीलाई सरल बनाउने र अन्य उत्पादनमूलक उद्योग तथा कलकारखाना सावधानी अपनाएर सञ्चालन गर्न सकिने निष्कर्ष निकालिएको छ । समितिमा भएको छलफलमा निजी तथा सार्वजनिक यातायात, शैक्षिक संस्था, भीडभाड हुने बजार, सिनेमा हललगायतलाई तत्काललाई बन्द नै राख्ने गरी सरकारसमक्ष सिफारिस गर्नुपर्ने निष्कर्ष निकालिएको छलफलमा सहभागी एक अधिकारीले बताए ।
त्यस्तै, उद्योग, कलकारखानालगायत उत्पादनमूलक उद्योग तथा दैनिक उपभोग्य वस्तुको बिक्री वितरणमा पनि सावधानी अपनाएर लकडाउन खुकुलो बनाउने गरी खाका तयार पारिएको छ ।
प्रस्तावित खाकाअनुसार सीमा क्षेत्रलाई रेड जोनका रूपमा राखेर आवागमन पूर्ण रूपमा ठप्प पार्ने, देशभित्र यात्रु ओसारपसारका लागि निजी तथा सार्वजनिक कुनै पनि सवारीसाधन सञ्चालन गर्न नपाइने व्यवस्था गर्ने तयारीसमेत गरिएको जनाइएको छ ।
मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीको संलग्नतामा समितिको अर्को बैठक बस्नेछ । समितिले सोमबार र मंगलबार गरेको छलफलको निष्कर्ष सरकारसमक्ष पेस गर्नेछ । समितिले विभिन्न जोन बनाएर सरकारसमक्ष सिफारिस गर्ने सम्भावना रहेकाले समितिको सिफारिस मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गरेमा आगामी २६ वैशाखदेखि लकडाउन केही खुकुलो हुन सक्ने बताइएको छ । तर, कोरोना संक्रमणको दर अप्रत्यासित रूपमा बढ्दै गएमा लकडाउनको अवधि अझै एक साता थपिने सम्भावनासमेत यथावत् रहेको प्रधानमन्त्री कार्यालयका अधिकारीले जनाएका छन् ।

(Visited 134 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

साताका लोकप्रिय समाचार

रामपियारीमा कविता फकाउँदै सुधीर

काठमाडौं । काठमाडौंमा निषेधाज्ञा जारी रहँदा पनि गीतका भिडिया रिलिज गर्ने क्रम जारी छ । यसै क्रममा गायक जीवन बडु र गायिका आकृति मिश्राले...

मुख्यमन्त्रीलाई बधाई दिँदै भीम रावलले भने ‘विधि पद्दति मिच्नेहरुले शिक्षा लिने कि ?’

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन्। ‘सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत...

आत्मालोचना गर्न प्रदेश सांसद वैद्यलाई कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले बाग्मती प्रदेश सभा सदस्य नरोत्तम वैद्यले प्रदेश सभामा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको भन्दै विवादास्पद अभिव्यक्ति फिर्ता लिन र आत्मालोचना गर्न...

मुख्यमन्त्रीले लिए शपथ, चार सदस्यीय मन्त्रिमण्डल विस्तार

पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष उनले शनिबार राति पद तथा गोपनीयताको...

सिटि रिक्सा लिएर राती राती चोर्ने गिरोह पक्राउ

  सप्तरी,राजविराज । निषेधाज्ञाको समयमा पनि सिटी रिक्साको प्रयोग गर्दै चोरीमा संलग्न रहेको एक गिरोहलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ । सप्तरीको विष्णुपुर गाउँपालिका वडा...

ट्रेन्डिङ

मोतीलाल दुगड भन्छन् : म प्रधानमन्त्रीलाई हरेक किसिमको सहयोग गर्छु

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका नवनियुक्त आर्थिक सल्लाहकार तथा निवर्तमान उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण...

प्रदेश २ मा बेटी पढाऊ, बेटी बचाऊ’ अभियान कति उपलब्धिमूलक ?

जनकपुर । प्रदेश नं २ को सरकारद्वारा महिला सशक्तीकरण तथा सामाजिक सुधार गर्ने गर्ने उद्देश्यले सञ्चालित ‘बेटी पढ़ाऊ, बेटी बचाऊ अभियान’ उपलब्धिमूलक रहेको...

कर्णालीमा थप १२० जनामा कोरोना पुष्टि, ८६ जना दैलेखका

सुर्खेत । कर्णाली प्रदेशमा आज थप १२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सुर्खेतस्थित प्रदेश अस्पताल तथा पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा...

क्वारेन्टाइनमा आएपछि बाँच्ने आशा पलायो

बर्दिया । काठमाडौंदेखि पैदल हिँडेर बर्दियाका राजकुमार थारू बिहीबार साँझ भुरिगाउँको क्वारेन्टाइनमा आइपुगे । चार वर्षीया छोरी र श्रीमतीसहित क्वारेन्टाइनमा आएका राजकुमारका परिवारले क्वारेन्टाइनमा...

नारी जागरण केन्द्रद्वारा प्रजिअ तामाङको ध्यानाकर्षण

धादिङ । नारी जागरण केन्द्र धादिङले हिंसा प्रभावित सुरक्षा आवास निर्माण कार्यमा विभेदरहित लैंगिक र महिला मैत्री संघ संस्थाको मूल्यांकन गरी बजेट उपलव्ध गराउन...

गण्डकीमा थपिए ६२ जना कोरोना संक्रमित

गण्डकी । गण्डकी प्रदेशमा आज ६२ जना कोरोना सङक्रमित थपिएका छन् । प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या चार हजार ७५३ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक...

चन्दा असुलेको आरोपमा विप्लपका कार्यक्रता पक्राउ

गुल्मी । निर्माण व्यवसायीहरुसँग चन्दा असुलेको आरोपमा गुल्मीका विप्लप निकट कार्यक्रता पक्राउ परेका छन् । जिल्लाको मालिका गाउँपालिका २ दर्लिङका २० बर्षिया युवा विष्णु...

कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार १७४...

कान्ति बाल अस्पतालको ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने

काठमाडौँ । कान्ति बाल अस्पतालले ओपिडीको टिकट अब घरबाटै लिन मिल्ने गरी एप्सको विकास गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले मन्त्रालयमा आज आयोजित...

राजधानीकर्मी पोखरेल सम्मानित

गुल्मी । राजधानी राष्ट्रिय दैनिकका गुल्मी जिल्ला संवाददाता हुमाकान्त पोखरेल सम्मानित भएका छन् । नयाँ बर्षको अवसरमा बुधबार पत्रकार महासंघ जिल्ला शाखा गुल्मीको पद...

मेरी छोरीलाई ज्वाइले मारे अनि रुखमा झुण्ड्याए : धुरनी देवी

सप्तरी, राजविराज । सप्तरीको खडक नगरपालिका १० फुलबरियाकी ३५ बर्षिया लिला देवी भगतको हत्या भएको आमा धुरनी देवीले दावी गरेकी छिन् । उनले घटनाको...

मल समयमै पु-याऊ

किसानका खेतमा धान पसाउन थालिसक्यो । तर, किसानले त्यसमा राख्ने मल अझैसम्म पनि पाउन सकिरहेका छैनन् । सरकारले बंगलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)