चन्द्रनगरमा २० वर्ष पुगेका १३ जना छोरीहरुलाई ५० हजार र २३ जनालाई ११ हजार प्रदान

सर्लाहीको चन्द्रनगर गाउँपालिकामा प्लस २ पास गरी २० वर्ष पु-याएर बिहे गरेको १३ छोरी र २० वर्ष पुरा गरी स्नातक तह पहिलो वर्षमा अध्यनरत २३ जना छोरीहरुलाई चेक हस्तान्तरण गरिएको छ । प्लस २ पास गरी २० वर्ष पु-याएर बिहे गरेको १३ छोरीलाई रु ५० हजार र २० वर्ष पुरा गरी स्नातक तह पहिलो वर्षमा अध्यनरत २३ जना छोरीहरुलाई रु ११ हजारको चेक आज प्रदान गरिएको चन्द्रनगर गाउँपालिकाले जनाएको छ ।

चन्द्रनगर गाउँपालिकामा निर्वाचित भएपछी अध्यक्ष राजकुमार महतो लगायत सम्पपुर्ण जनप्रतिनिधिहरुले १२ कक्षा उत्तीर्ण र २० वर्ष उमेर पुगेका छोरीको बिवाहमा सहयोग गर्ने पहिलो निर्णय गरेका थिए । गाउँपालिकामा रहेको छोरीहरुले उच्च शिक्षा पूरा गरि २० वर्ष पारी बिवाह गर्ने छोरीलाई सम्मान स्वरुप ५० हजार रुपैयाँ सहयोग गर्ने गरिएको चन्द्रनगर गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत राजेश यादवले जानकारी दिए ।

गाउँपालिकामा प्रत्येक वर्ष ५०% भन्दा बढी हुने बालबिवाह, २०% भन्दा बढी कम उमेरमा गर्ने भागी बिवाहलाई निरुत्साहित गर्न र उच्च शिक्षामा छोरीको पहुच पु-याउने उद्देश्यका साथ रु ५० हजार तथा स्नातक पहिलो वर्षमा अध्ययन गर्ने छोरीलाई रु ११ हजार प्रदान गर्ने गरिएको चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।

अभिभावकहरुमा छोरीले कम्तीमा उच्च शिक्षा हासिल गर्ने, उमेर पुगेपछि मात्र बिवाह गर्ने र छोरीलाई बोझ मान्ने प्रवृत्तिमा कमी आएको अध्यक्ष महतोले बताए ।

प्लस २ पास गरी २० वर्ष पु-याएर बिहे गरेको १३ छोरी र २० वर्ष पुरा गरी स्नातक तह पहिलो वर्षमा अध्यनरत २३ जना छोरीहरुलाई गाउँपालिका अध्यक्ष महतो, निमित प्रमुख प्रशासकीय अधिकृत राजेश यादव, वडा अध्यक्ष तथा सदस्यहरुले चेक हस्तान्तरण गरेको चन्द्रनगर गाउँपालिकाका अधिकृत छैठो कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 80 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं उपत्यकाको स्थानीय तह नेतृत्वमा माओवादी शून्य !