खोटाङमा दोस्रो बृहत खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव हुने

क्याप्सनः ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

खोटाङ । आगामी वैशाख महिनाको दोस्रो साता खोटाङको दिक्तेल बजारमा ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ सञ्चालन हुने भएको छ ।

महोत्सव नेपाल खेलकुद प्रतिष्ठान खोटाङ र नेपाल सितोरियो कराते संघ खोटाङको संयुक्त आयोजनामा वैशाख १५ गतेदेखि २० गतेसम्म संचालन हुने नेपाल खेलकुद प्रतिष्ठानका अध्यक्ष सञ्जयकुमार राईले बताए । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा छ दिनसम्म चल्ने महोत्सवमा विभिन्न प्रतिस्पर्धात्मक खेलकुद र साहित्यिक कार्यक्रमहरू हुने अध्यक्ष राईको भनाई छ ।

महोत्सवमा ६३ वटा पदकका लागि एथलेटिक्स, खुला ब्याडमिन्टन, खुला पुरुष बुद्धिचाल र साहित्यिक प्रतियोगिताहरू आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी दिएका छन् । प्रतिष्ठानका अध्यक्ष राईका अनुसार यस महोत्सवको आयोजना गर्नुको मुख्य उद्देश्य खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउनु, जिल्लालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नु, खेलकुदलाई जिल्लाको गौरवको आयोजनाको रूपमा स्थापित गर्नु तथा सन् २०५० भित्र ओलम्पिक पदक जित्न सक्ने खेलाडी जिल्लामै उत्पादन गर्नु रहेको बताए ।

३३ विविध उमेर समूहका लागि दौड प्रतियोगिता
साताव्यापी महोत्सवमा विभिन्न उमेर समूहका लागि विशेष दौड प्रतियोगिताहरू आयोजना गरिएको छ । दश वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमुनिका छात्रछात्राका लागि दुई किलोमिटर, ६० वर्षभन्दा माथिका पुरुषका लागि दुई किलोमिटर, आमाहरूका लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षभन्दा माथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीहरूका लागि विशेष दौड प्रतियोगिता हुने कार्यक्रम रहेको छ । यसका साथै, १५ वर्षभन्दा माथिका पुरुष र महिलाका लागि दश किलोमिटर र महिला÷पुरुष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगिता पनि आयोजना हुनेछ ।

आकर्षक पुरस्कारको व्यवस्था
महोत्सवमा सहभागी विजेताहरूका लागि आकर्षक पुरस्कारको व्यवस्था गरिएको छ । दश वर्षमुनिका छात्रछात्रा एक माइल दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः तीन हजार, दुई हजार र एक हजार प्रदान गरिनेछ । यस्तै १२ वर्षमुनिका छात्रछात्रा दुई किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः रु. चार हजार, तीन हजार र एक हजार पाँच सय प्रदान गरिनेछ । ६० वर्षभन्दा माथिका पुरुषको दुई किलोमिटर र आमाहरूको पाँच किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सय पुरस्कार प्राप्त गर्नेछन् ।

१२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सय प्रदान गरिने आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिईएको छ । ३५ वर्षभन्दा माथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र सात हजार पुरस्कार प्राप्त गर्नेछन् । १५ वर्षभन्दा माथिका पुरुष तथा महिलाको दश किलोमिटर दौडमा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः १५ हजार, १० हजार र सात हजार पुरस्कार दिइनेछ । विशेष महत्वको २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौं, छैटौं र सातौं स्थान हासिल गर्नेहरूलाई क्रमशः रु. ७७,७७७, रु. ५५,५५५, रु. २५,५५५, रु. १५,५५५, रु. ११,१११, रु. ७,७७७ र रु. ५,५५५ को नगद पुरस्कार प्रदान गरिनेछ ।

ब्याडमिन्टन र बुद्धिचाल प्रतियोगिता
महोत्सवमा ब्याडमिन्टन र बुद्धिचाल प्रतियोगिताहरू पनि आयोजना गरिएको छ । खुला पुरुष ब्याडमिन्टन अन्तर्गत १५ वर्षमुनिका खेलाडीहरूको सिङ्गल प्रतिस्पर्धामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु ७,७७७, रु. ६,६६६ र रु. ५,५५५ प्राप्त गर्नेछन् । खुला सिङ्गल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. १५,५५५, रु. ११,१११ र रु. ५,५५५ पुरस्कार पाउनेछन् । खुला डबल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. २०,०००, रु. १५,००० र रु. १०,००० प्राप्त गर्नेछन् ।

त्यसैगरी, ४५ वर्षभन्दा माथिका खेलाडीको डबल र खुला मिक्स ब्याडमिन्टन प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. ११,१११, रु. ७,७७७ र रु. ५,५५५ पुरस्कार प्राप्त गर्नेछन् । खुला बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः रु. ४०,०००, रु. २५,००० र रु. १५,००० को नगद पुरस्कारका साथै ट्रफी र प्रमाणपत्र पाउनेछन् । आयोजकका अनुसार बुद्धिचाल प्रतियोगिता जिल्ला समन्वय समिति खोटाङको सभाहलमा र ब्याडमिन्टन तथा साहित्यिक कार्यक्रमहरू दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा आयोजना गरिनेछ । नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सुमन राईका अनुसार यस महोत्सवका लागि रु. ३९ लाख ५५ हजार ८७ को बजेट अनुमान गरिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 41 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१२ औं वार्षिकोत्सव  शाक्यमुनि किर्ति बिहारमा सम्पन्न

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोट –१ मा एमाले–माओवादीको प्यानल नै विजयी