निफमा अन्तर्राष्ट्रिय चलचित्र अवार्ड मीनबहादुरको शाम्बालालाई

काठमाडौँ । काठमाडौँमा ७ चैत्रदेखि जारी आठौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) विभिन्न विधामा अवार्ड प्रदान गर्दै सोमबार बेलुका सकिएको छ । महोत्सवमा ४० देशका ८७ वटा चलचित्रहरू सहभागी थिए ।

काठमाडौँका सुन्धारा स्थित क्युएफएक्स सिभिल मलमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चलचित्रका वितेजाहरुलाई अवार्ड प्रदान गर्दै अर्को वर्ष भेट्ने बाचासहित महोत्सव समापन भएको हो ।

महोत्सवमा उत्कृष्ट अन्तर्राष्ट्रिय तर्फको गौतम बुद्ध अवार्ड मीनबहादुर भामद्वारा निर्देशित नेपाली चलचित्र शाम्बालाले जितेको छ । गौतम बुद्ध अवार्ड सहित यो फिचर चलचित्रले १५ सय अमेरिकी डलर समेत प्राप्त गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा थुप्रै अवार्ड चुमेको शाम्बालाले आफ्नै देशमा भएको यो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा अन्तर्राष्ट्रिय चलचित्र तर्फकै उत्कृष्ट अवार्ड चुम्दा खुसी लागेको निर्देशक भामले बताएका छन् ।

अन्तर्राष्ट्रिय वृत्तचित्रतर्फ एक हजार डलर सहित माउन्ट एभरेस्ट अवार्ड बेल्जियमको वृत्तचित्र मेल्टिङ स्नु ले प्राप्त ग¥यो । सोही समारोहमा यस वर्षको अन्तर्राष्ट्रिय लघु चलचित्र तर्फको ५०० अमेरिकी डलरसहितको बागमती अवार्ड स्पेनको लघु चलचित्र लुसिया जी रोमेरोले हासिल ग¥यो । त्यसै गरी भारतीय चलचित्र रुक्मिणीले डंकी आट्य अवार्ड पायो भने एआई चलचित्र अवार्ड अर्जेन्टिनाको चलचित्र द अविसले हासिल ग¥यो । नेपाली प्रतिस्पर्धा अन्तर्गत उत्कृष्ट फिचर चलचित्रको अवार्ड नेपाली चलचित्र आँखाले जितेको छ । यसले अवार्डसहित एक लाख रुपैयाँ पनि प्राप्त गरेको छ । यो चलचित्र नेपाली बक्स अफिसमा ब्यवसायिक रुपमा असफल भएको थियो ।

यसै गरी राष्ट्रिय फिचर चलचित्रतर्फ उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र पुजार सार्कीबाट निर्देशक दिनेश राउतले हासिल गरे । समारोहमा उत्कृष्ट महिला कलाकार अवार्ड समेत चलचित्र पुजार सार्कीबाटै अभिनेत्री अञ्जना बराइलीले प्राप्त गरिन् भने उत्कृष्ट पुरुष कलाकारको अवार्ड चलचित्र आँखाबाट आरके मेहताले हाता पारे ।

सोही समारोहमा राष्ट्रिय फिचर चलचित्र छायांकारको अवार्ड चलचित्र पुजार सार्कीबाटै राजेश श्रेष्ठले जिते भने उत्कृष्ट राष्ट्रिय चलचित्र लेखन विधाको अवार्ड चलचित्र आँखाका लेखक जोन योञ्जनलाई प्रदान गरियो । निर्देशक तथा पत्रकार लक्ष्मण सुवेदीको चलचित्र सतीदेवीबाट उत्कृष्ट फिचर चलचित्रको अडियन्स च्वाईस अवार्ड हासिल गरे ।

सो समारोहमा ५० हजार रुपैयाँसहित उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड सुविना श्रेष्ठको देवीले पायो भने डकुमेन्ट्री तर्फ नै अडियन्स चोइस अवार्ड वृत्तचित्र गल्स रि राइटिङ डेस्टिनीबाट लव प्याकुरेलले प्राप्त गरे । यस पटक महोत्सवमा ३ वटा अडियन्स च्वाइस अवार्ड र एआई अवार्ड थप गरिएको आयोजक केपी पाठकले कार्यक्रममा बताए ।

५० हजार राशि सहितको उत्कृष्ट लघु चलचित्रको अवार्ड नीराजन राज भेटवालले लघु चलचित्र द विटनेस ट्रिबाट पाए । यस पटक यो महोत्सवमा सहभागी चलचित्रहरूको निर्णायकमा चलचित्र तथा वृत्तचित्रतर्फ निर्देशक दीपेन्द्र गौचन, अभिनेत्री सुरक्षा पन्त, निर्देशक सम्पादक रक्षा सिंह राणा, चलचित्र समीक्षक सम्पादक रिता दत्त, निर्देशक लिउ जियान र कलाकार जमल शाह रहेका थिए ।

महोत्सवमा आधा दर्जन भन्दा बढी अन्तरक्रिया कार्यक्रम गरिएको थियो । बिहीबारदेखि सोमबार दिउँसोसम्म महोत्सवमा ४० देशका ८७ चलचित्र प्रदर्शनसकेपछि सोमबार बेलुका अवार्ड समारोह आयोजना गरिएको पनि महोत्सवका अध्यक्ष केपी पाठकले राजधानीलाई बताए ।

समारोहलाई सम्बोधन गर्दै सञ्चारमन्त्री गुरुङले यस्ता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवले नेपाली चलचित्रको बजार विस्तारसँगै दर्शकको समेत विस्तार हुने विश्वास आफूले लिएको बताए ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कंगोमा डुंगामा आगलागी हुदा मृत्यु हुनेको संख्या १४८ नाघ्यो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
गोरखामा वडा अध्यक्षसहित ९ पदमा एकजनाको मात्र मनोनयन दर्ता