अनमोलको जेरी अन टपको छायांकन मुस्ताङबाट सकियो

काठमाडौं । विभिन्न कारणले छायांकन लम्बिएको अभिनेता अनमोल केसीको चलचित्र ’जेरी अन टप’को छायांकन बल्ल सकिएको छ । यो चलचित्रमा अभिनेता अनमोल केसीसहित आँचल शर्मा, जसिता गुरुङ, केदार घिमिरे ’माग्ने बुढा’लगायतको मुख्य भूमिका रहेको छ । अभिनेता भुवन केसी, अभिनेत्री सुरक्षा पन्त, पूर्व मिस नेपाल उषा खड्कीले पनि जेरी अन टपमा विशेष भूमिका निभाएका छन् ।

सोमबार बेलुका हिमालपारिको जिल्ला मुस्ताङबाट यो चलचित्रको छायांकन सम्पन्न भएको यसको निर्माण पक्षले जनाएको छ । चलचित्रको छायांकन सम्पन्न गरेसँगै कलाकार सहितको निर्माण टिम काठमाडौं फर्किएको छ ।

यो चलचित्रमा समावेश हुने दुई गीत बाहेकका सम्पूर्ण दृश्यको छायांकन सकेर आफूहरू काठमाडौँ फर्केको यसका निर्माता सरोज न्यौपानेले बताएका छन् । चलचित्रको छायांकन’bout उनले भने, राम्रो चलचित्र बताउनको लागि आवश्यक कुनै पक्षमा सम्झौता गरिएको छैन । हामीले यसलाई सगरमाथा बेसक्याम्प, काठमाडौं, मुस्ताङ लगायतका विभिन्न रमणीय ठाउँमा खिचेका छौँ’, चलचित्रका केही दृश्य काठमाडौँमा झन्डै एक करोडको लागतमा तयार गरिएको सेटमा छायांकन गरिएको पनि उनले जानकारी गराए । यो चलचित्रको कुल लागत करिब ६ करोड पुगेको निर्माता न्यौपानेले बताएका छन् ।

अनमोल पिता अभिनेता भुवन केसीले जेरी अन टपमा पनि अनमोलको बुवाकै भूमिका निभाएको बताएका छन् । यस अघि उनले अनमोलका चार वटा चलचित्रमा वुवाको भूमिका निर्वाह गरेका थिए ।

गत साता मात्रै यो चलचित्रको अन्तर्राष्ट्रिय वितरण तथा प्रदर्शन अधिकार बिक्री भएको थियो । हङकङमा स्थापना भएको एलजी एसोसिएट्सले ३ करोड बढि एमजी (मिनिमम ग्यारेन्टी) मा जेरी अन टपको विदेश प्रदर्शन अधिकार खरिद गरेको निर्माता सरोजले बताएका छन् ।

सुयोग गुरुङको निर्देशनमा तयार यो चलचित्रको प्रदर्शन मिति तय भइसकेको छैन । वितरण कम्पनीसँगको सल्लाहमा केही दिनमै यसको प्रदर्शन मिति सार्वजनिक गरिने निर्माता न्यौपानेले बताए । यो चलचित्रमा समावेश हुने एक गीत नेपालमा र एक गीत भारतका छायांकन गरिने निर्माण टिमले जानकारी गराएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 50 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कुलमानलाई हटाएको भन्दै महोत्तरीमा नागरिक समाजको खबरदारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
संसद विघटन गर्ने ओलीलाई किन भोट दिने : देउवा