जया बच्चनद्वारा स्वास्थ्य क्षेत्रमा कडा कानुनको माग

मुम्बई । बलिउडकी दिग्गज अभिनेत्री तथा राज्यसभा सांसद जया बच्चनले स्वास्थ्य अधिकारीहरूलाई स्वास्थ्य सेवाका मुद्दा गम्भीरतापूर्वक लिन सल्लाह दिएकी छिन् । धेरै अस्पतालमा आपतकालिन उपचारका लागि श्रोत साधन नभएको घटनाहरू ’bout जानकारी गराउँदै स्वास्थ्य क्षेत्रमा कडा कानुन लागू गर्न उनले माग गरेकी छिन् ।

राज्यसभालाई सम्बोधन गर्ने क्रममा उनले भनिन्, ‘म धेरै भन्न चाहन्न, तर म यति मात्र भन्छु कि भारतीय नागरिकहरूको स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ र यसको लागि छुट्टै कानुन बनाउनुपर्छ ।’ उनले चिकित्सा सहायतामा लापरबाहीको कारणले गर्दा कोही पनि पीडित नहोस् भनेर सुनिश्चित गर्न राम्रो स्वास्थ्य सेवा सुविधाहरूको तत्काल आवश्यकतालाई ध्यान दिन सरकारलाई अपिल गरेकी छिन् । अस्पतालको इमरजेन्सीमा अक्सिजन समेत नहुँदा आफ्नो पति तथा अभिनेता अमिताभ बच्चनको झन्डै ज्यान गएको घटना पनि उनले स्मरण गरेकी छिन् ।

जया बच्चनले सो घटना’bout भनिन्,‘एक समयमा अमिताभजीको स्वास्थ्य यति बिग्रिएको थियो की उनलाई आईसीसीयूमा भर्ना गर्नुपरेको थियो’, त्यति बेलाको घटना सम्झँदै उनले अगाडि भनिन्,‘ अस्पतालमा नर्सहरू उपलब्ध नभएको अबस्था मैले व्यक्तिगत रूपमा भोगेको थिएँ । अस्पतालमा अक्सिजन सिलिन्डर सकिएको थियो र अमिताभजीलाई सास फेर्न गाह्रो भइरहेको थियो ।’

अस्पतालहरूमा भोग्नु परेका यस्तो कठिन परिस्थितिले गम्भीरतालाई उजागर गर्ने पनि सांसद जयाले बताइन् । जसले अमिताभ बच्चन मात्र हैन, जो कोहीले उचित चिकित्सा सेवा प्राप्त गर्न चुनौतीहरूको सामना गर्नुपरेको पनि उनले जिकिर गरिन् ।

यस्तै कोभिडको बेला स्वास्थ्य क्षेत्रको अर्को लापरबाही’bout उनले भनिन्,‘ अर्को पटक अमिताभजीको घरमै कोभिडको उपचार हुँदा हामीले मध्यरातमा अक्सिजनको सिलिन्डर ल्याएका थियौँ, तर त्यो खाली थियो । यस्तो अवस्थामा बिरामी र हाम्रो परिवारको स्थिति कस्तो भयो होला भन्ने कल्पना तपाईँहरू गर्न सक्नुहुन्छ ?’

त्यस्तो अवस्थामा पनि समयमै अक्सिजनको व्यवस्था गर्न केही समाजसेवी व्यक्तिहरूले मद्दत गरेको जयाले सुनाइन्,‘केही दयालु व्यक्तिहरूले हामीलाई मद्दत गर्नु भयो र हामीले कुनै न कुनै रूपमा अक्सिजनको सिलिन्डर प्राप्त गर्न सफल भयौँ । औषधिको श्रेणीमा पर्ने अक्सिजन नपाउनु एउटा गम्भीर मुद्दा भएकाले कडा कानुनको आवश्यक छ ।’

अस्पतालको लापरबाहीले बिरामीको ज्यान गएको समाचारहरू धेरै नै मिडियामा आउने गरेको स्मरण पनि उनले गराईन् । वाडमा कतिपय अबस्थामा बिरामीको कुरुवालाई राख्न नदिने र नर्सहरूले बिरामी नहेरेर अन्तै भुल्ने क्रममा बिरामीको ज्यान गएको घटनाहरू पनि आफूले धेरै सुनेको जया बच्चनले बताइन् । त्यसैले स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीहरू पनि त्यत्तिकै गम्भीर हुनु पर्ने र उनीहरूमाथि पनि निरीक्षण हुनुपर्ने जयाको कथन थियो ।

तपाइको प्रतिक्रिया
(Visited 42 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कपिलवस्तुमा मेयरमा काका भतिज प्रतिस्पर्धामा