राजविराज । भए भरको सम्पती खन्याउदा पनि नपुगेपछि यति खेर सप्तरीको छिन्नमस्ता गाउँपालिका १ बरही टोलका ६० वर्षिय बृद्ध देवनारायण राय छोराको उपचार खर्चका लागी छटपटाई रहेका छन ।
एकमात्र सहारा ३० वर्षिय छोरा प्रशान्तलाई क्यान्सर रोग लागेका कारण उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले उनलाई पिरोलेको हो । पायल्स रोगबाट विरामी परेका छोराको उपचारका लागी दुई धुर जग्गामा बनेको पृmुसको घर गाउँ कै साहु महाजन निर बन्धकी राखेर ऋण उ्ठाई उपचारका लागी भारत बिहार राज्यको राजधानी पटना पु¥याउदा उनलाई क्यान्सर रोग भएको पत्तो लागेको थियो ।
केही दिन पटनास्थित एम्स अस्पतालमा उपचार गरेपछि डाक्टरले क्यान्सर रोग लागेको भन्दै क्यान्सर अस्पताल लैजान सल्लाह दिएका थिए । त्यस पछि छोरालाई घर ल्याएको उनले भएको एउटा दुहुनो गाई समेत १९ हजार रुपैयामा बेचेर चितवनस्थित भरतपुर क्यान्सर अस्पतालमा भर्ना गराएका छन ।
उपचारका लागि एउटा दुहुनो गाई बेचिसकेका रायको दुई धुर जग्गामा बनेको फुसको घर पनि गुम्ने अवस्था
३ दिन अघि मात्र प्रसान्तको अपरेशन गरिएको छ । त्यहाँ उपचार, औषधी, बेडशुल्क लगायत गरी अहिले सम्म १ लाख ५० हजार रुपैयाको विल अस्पताल प्रशासनले भुक्तानीका लागी अभिभावकलाई दिएका छन । “अहिले किमो गर्ने काम पनि बाँकी नै छ । जसमा थप डेढ–दूइ लाख रुपैया सम्म लाग्ने डाक्टरहरुले बताएका छन । संगै रहेकी प्रसान्तकी श्रीमती पुनमले भनिन–पहिल्यै कै उपचार खर्च तिर्न सकिएको छैन, अब थप यत्रो रकम कहाँबाट ल्याउनु ।”
उनले रकमको अभावमा अहिले डाक्टरले पुर्जामा लेखिदिएको सबै औषधी पनि खुवाउन नसकेको बताएकी छिन । १० वर्ष अघि दुर्घटनामा एउटा खुट्टा गुमाएका बृद्ध वुवा देवनारायण आर्थिक अभावमा बुढेसकालका सहारा एक मात्र छोराको उपचार गरिबीका कारण गराउन नसकेको बताउँछन ।
उपचार महगो हुने र अप्रेशन भएकाले थप खर्च जुटाउन समस्याका साथै दैनिक ज्यालादारी गरी ६ जनाको परिवार पाल्दै आएका छोरा विरामी परेपछि हातमुख जोड्न समेत समस्या भएको उनको भनाई छ ।
“अहिले छोरा क्यान्सर अस्पतालमा मृत्यु संग लडिरहेको छ, उनले भने, यति वेला मलाई आर्थिक संकटले निन्द्रा हरेको छ ।”क्यान्सर पीडीत प्रसान्तको ११ वर्षिय विपिन र ५ वर्षिय सुसान्त गरी २ छोरा छन । घर परिवार चलाउने एकमात्र अभिभावक प्रसान्त विरामी परेपछी उनीहरुको पनि विजोग भएको देवनारायणले सुनाए ।
सबैलाई सहयोगबाट छोरा बचाइदिन उनले अपिल समेत गरेका छन । उनले छोराको उपचारमा सहयोग गर्न चाहनेहरुलाई ९८१७३९२४३, ९७०३४२८६५९ र ९८५२८२०९२७ मा सम्र्पक गर्न अनुरोध समेत गरेका छन ।
हाल उनको उपचारमा सहयोग जुटाउन स्थानीय समाजसेवी किशोर कुमार यादव “केसी”ले पहल थालेका छन । केही रकम त जुट्यो, उनले भने, तर यति थोरै रकम प्रसान्तको उपचारका लागी पर्याप्त छैन, अझै धेरै रकम चाहिने भएकाले सबैसंग सहयोगको हात फैलाउदै अभियान चलाएका हौ ।”