तीनकुनेमा राजावादीको प्रदर्शन भड्कियो, प्रहरीद्वारा अश्रुग्यास प्रहार

काठमाडौं । काठमाडौंको तीनकुनेमा राजावादी समूहले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । निषेधित क्षेत्र तोड्न खोजेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गरेको हो । अश्रुग्यास प्रहारसँगै प्रदर्शनस्थलमा भागदौड मच्चिएको छ ।

राजसंस्था पुनस्र्थापना तथा हिन्दू राष्ट्रको मागसहित विभिन्न स्थानबाट प्रदर्शनकारीहरू तीनकुनेमा भेला भएका थिए । सुरक्षाकर्मीहरूले प्रदर्शनलाई निषेधित क्षेत्रभित्र प्रवेश गर्न नदिन बानेश्वरतर्फ जाने सडक अवरुद्ध गरेका थिए ।

तर, प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्ने प्रयास गरेपछि अश्रुग्यास प्रहार गरिएको प्रहरीले जनाएको छ । सभाका लागि राजधानीका विभिन्न क्षेत्रबाट राजसंस्थाका समर्थकहरू तिनकुनेमा आउँदै थिए ।

तर, सभा शुरु हुनुअघि नै तनाबको स्थिति सिर्जना भएपछि सुरक्षा सतर्कता थप कडा पारिएको छ । घटनास्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको छ भने प्रहरीले प्रदर्शनकारीहरूलाई शान्त रहन आग्रह गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 105 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

९ वैशाख २०८२

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कालिञ्चोक गाउँपालिकामा अध्यक्षमा शिवाकोटी र उपाध्यक्षमा बुढाथोकी निर्वाचित