काठमाडौं उपत्यकामा आन्दोलन चर्किएपछि सेना परिचालन

काठमाडौं । काठमाडौं उपत्यकामा आन्दोलनले उग्र रूप लिएसँगै नेपाली सेना परिचालन गरिएको छ। विभिन्न ठाउँमा आगलागी र हिंसात्मक घटनाहरू बढ्दै गएपछि स्थानीय प्रशासन ऐनअनुसार प्रमुख जिल्ला अधिकारीको निर्देशन र गृह मन्त्रालयको सर्कुलरको आधारमा सेना सडकमा खटिएको हो ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौंका चार स्थानमा कर्फ्यु आदेश जारी गरेपछि नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनाउन थालेको छ। प्रशासन र सेनाले संयुक्त रूपमा दिएको जानकारीअनुसार, आन्दोलनको तीव्रता नियन्त्रण गर्न र शान्ति कायम गर्न सेना तयारी अवस्थामा राखिएको छ।

यी घटनाहरूले उपत्यकाको पछिल्लो अवस्थालाई तनावपूर्ण बनाएको छ भने सरकारले परिस्थितिलाई नियन्त्रणमा लिन कडा कदम चालेको देखिन्छ।

तपाइको प्रतिक्रिया
(Visited 214 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सार्वजनिक ऋण २६ खर्ब ६७ अर्ब २६ करोड

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं मेयरमा सिर्जना सिंहको नाम सहमतिनजिक