ज्ञानेन्द्रलाई तोकिएको जरिवाना पत्र लिएर भोलि निर्मल निवास जाँदै महानगर

काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तोकेको जरिवानाको पत्र भोलि (आइतबार) निर्मल निवासमै लगेर बुझाउने भएको छ । काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेका अनुसार, भोलि कार्यालय समय खुलेपछि निर्मल निवासमै पुर्‍याएर जरिवानाका पत्रहरू बुझाइनेछ ।

पूर्वराजा शाहको नाममा काठमाडौं महानगरले ७ लाख ९३ हजार जरिवाना तोकेको हो । दुर्गा प्रसाईंको आह्वानमा राजसंस्था पुनस्र्थापनाका लागि शुक्रबार तीनकुने क्षेत्रमा भएको प्रदर्शन हिंसात्मक बनेको थियो। प्रदर्शनकारीहरूले प्रहरी घेरा तोड्न खोज्दा अश्रुग्यास प्रहार भएको थियो। त्यसपछि निजी घर, सुपरमार्केट, सञ्चार गृह, सरकारी गाडी लगायतमा आगजनी भएको थियो।

कुन शीर्षकमा कति जरिवाना ?

  • कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेको शीर्षकमा १ लाख,
  • महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख,
  • तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख,
  • जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख,
  • बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख,
  • सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर गरेकोमा १ लाख जरिवाना तोकेको छ ।
  • दमकल तोडफोड गरेको १ लाख ३० हजार
  • तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोडमा ६३ हजार रुपैयाँ

तपाइको प्रतिक्रिया
(Visited 111 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धुर्कोटमा एमाले–माओवादीबीच चुनावी सहकार्य