धनगढी । कैलालीको पुर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तरगत पर्ने शंकरपुरमा एम्बुलेन्स र मोटरसाइकल एक आपसमा ठोक्कीदा एकजना सशस्त्र प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ भने एक जना घाइते भएका छन ।
मृत्यु हुनेमा सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत सहायक हवल्दार गोरख ऐर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घाइते ऐरको सुखडमा रहेको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भट्ट जानकारी दिए । उनले गौरीगंगा नगरपालिका ९ शंकरपुरमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ओमसाई अस्पताल धनगढीको से १ च १८२८ नम्बरको एम्बुलेन्स र बिपरित दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठक्कर दिएको बताए ।
ठक्करबाट मोटरसाइकल चालक घोडाघोडी नगरपालिका १० का भरत बोहरा सामान्य घाइते भएको र उनको घोडाघोडी अस्पतालमा उपचार भैरहेको प्रहरी ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख भट्टले बताए ।
धनगढीबाट बिरामी बोकेर काठमाडौ जाँदै गरेको उक्त एम्बुलेन्स र चालक धनगढी उपमहानगरपालिका १० का आशाराम चौधरीलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ ।