कतारमा १८ नेपालीलाई आममाफी

काठमाडौं । कतारको बन्दीगृहमा रहेका १८ जना नेपालीले आममाफी पाएका छन् । मुस्लिम धर्मालम्बीहरूको पवित्र महिना रमादानको अवसर पारेर कतारको जेलमा विभिन्न अभियोगमा पक्राउ परेका १८ नेपालीलाई आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले बन्दी जीवन बिताइरहेका नेपालीलाई आममाफी दिएका जनाइएको छ । मन्त्रालयले विज्ञप्त जारी गर्दै कतार सरकारप्रति आभार प्रकट गरेको छ । नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन गर्ने मन्त्रालयले जनाएको छ ।

सरकारले कतारको दोहास्थित नेपाली दूतावासमार्फत कतार सरकारलाई उनीहरूको रिहाइका लागि आग्रह गरेको थियो । कतारका विभिन्न कारागारमा बन्दी जीवन बिताइरहेका नेपाली श्रमिकले आममाफी पाए पनि उनीहरू के कसुरमा जेल जीवन बिताइरहेका थिए भन्ने ’bout केही खुलाइएको छैन । मन्त्रालयले कतार सरकारप्रति आभार प्रकट गरेको छ ।

नेपाल र कतारबीचको द्विपक्षीय सम्बन्ध र मानवीयताका आधारमा कतारले गरेको क्षमादानलाई उच्च मूल्यांकन गर्ने जनाइएको छ । आममाफी पाएका नेपाली नागरिकको स्वदेश फिर्ती सहज बनाउन कतार सरकारका सम्बन्धित निकायहरूसँग दूतावासले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछ । कतारले रमादान तथा राष्ट्रिय दिवसको अवसरमा प्रत्येक वर्ष कसुरको प्रकृति हेरेर कैदी बन्दीलाई आममाफी दिँदै आएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
धनुषाको मिथिला नगरपालिकामा कांग्रेसका महेन्द्र महतो निर्वाचित