हेमजामा १ हजार किसानले गर्छन् आलु खेती

पोखरा । विष्णुपादुका क्लब आयोजनामा पोखरा–२५, हेमजामा १३ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । विगतमा झैं यसपालि पनि आलु महोत्सवलाई निरन्तरता दिइएको महोत्सव २४ चैतदेखि ३ वैशाखसम्म हुँदैछ ।

महोत्सवका आकर्षणमा आलु तथा ताजा तरकारीको बृहत् प्रदर्शन, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार, कृषकका लागि माटो, बोटविरुवा परीक्षण तथा रोगको निदानलगायत रहेको महोत्सव मूल आयोजक समिति संयोजकसमेत रहेका क्लब अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

त्यस्तै, कृषक तथा कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रतियोगिता, चर्चित कलाकारको दैनिक प्रस्तुति, कृषक सम्मान साथै विभिन्न कृषि उपज, बिउविजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी पनि रहेको श्रेष्ठले जानकारी दिए ।

उनले महोत्सव अवधिभर बढीमा ४२ रुपैयाँसम्म प्रतिकेजी आलुको कारोबार हुने पनि उल्लेख गरे । पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सव समग्र पोखराकै ब्राण्ड बनेको उल्लेख गर्दै महोत्सवसँगै कृषकलाई प्रोत्साहन गर्न खोजिएको स्पष्ट पारे । पछिल्लोपटक हेमजा महोत्सवमय बन्दै गइरहेको उल्लेख गर्दै उनले आलु महोत्सवले पोखरा भ्रमण वर्षलाई सघाउने विश्वास समेत व्यक्त गरे ।

पछिल्लो जनगणना २०७८ अनुसार हेमजामा ३ हजार ५ सय १७ घरमा २२ हजार ५ सय ३२ मानिस बसोबास गर्दछन् । हेमजाको कुल १३ हजार ५ सय हेक्टरमध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकामा १ हजार ५० कृषकले व्यावसायिक आलु खेती गर्दै आएका छन् । यहाँ प्रतिरोपनी आलुको औषत उत्पादन लागत १८ हजार ५५७ रहेकोमा औषत उत्पादन ७ सय ५ केजी प्रतिरोपनी रहेको तथ्यांक रहेको महोत्सवका महासचिव हिक्मत थापाले बताए । महोत्सवका लागि आयोजकले किसानबाट ४० टन आलु खरिद गरिसकेको छ ।

हेमजामा उत्पादन भएका आलु तथा अन्य ताजा तरकारीका बृहत् प्रदर्शन एवं प्रचारप्रसार गर्ने, हेमजालाई व्यावसायिक कृषि पर्यटन क्षेत्रका रुपमा देश विदेशमा चिनाउने, क्लब भवन निर्माणका साथै तरकारी संकलन तथा बिक्री वितरण केन्द्र निर्माण गर्ने एवं विष्णुपादुका बहुउद्देश्यीय भवन निर्माणलाई पूर्णता दिने उद्देश्यका साथ महोत्सव गर्न लागिएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 38 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दुल्लु नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेका उम्मेदवार विजयी