पाल्पा । पाल्पामा आप्रवासी स्रोत केन्द्र सञ्चालन भएपछि वैदेशिक रोजगारीमा समस्या परेका व्यक्तिहरूले जिल्लामै सेवा पाउन थालेका छन् । तानसेन नगरपालिकाको समन्वयमा जिल्ला प्रशासन कार्यालयमा सञ्चालन भएको स्रोत केन्द्रबाट ५ हजार ६२ जनाले सुरक्षित वैदेशिक रोजगारीका विषय परामर्श सेवा लिएका छन् ।
परामर्शसँगै जिल्लाका एक सय ११ जनालाई फोन सम्र्पक गरेर बैदेशिक रोजगारीमा जाने क्रममा अपनाउनु पर्ने सावधानीका ’boutमा सहजिकरण गरिएको छ । स्रोत केन्द्रमा २४ वटा उजुरी परेको र समुदायस्तरमा सरोकारवालाई सचेतना बृद्धिमा पहल गरिएको छ ।
बैदेशिक रोजगारीलाई सुरक्षित बनाउनका लागि सचेतनासँगै कानूनी उपचार, बिमा दावीमा सहजिकरण, ठगीका उजुरी समाधान, विदेशमा मृत्यु भएका घरसम्म शव ल्याउन र सरकार तथा कम्पनीबाट पाउने सेवा सुविधामा सहजिकरण गर्ने गरिएको जिल्ला कार्यक्रम संयोजक दिनेश घिमिरेले बताए ।
उनले श्रम स्विकृत लिएर बैदेशिक रोजगारी गएमा विदेशमा परेका अप्ठारोमा सरकारले सहयोग गर्ने बताए । गतबर्ष पाल्पाबाट १० हजार १ सय ८५ जना र लुम्बिनी प्रदेशबाट १ लाख ३० हजार ५ सय ८७ जनाले श्रम स्विकृत लिएर बैदेशिक रोजगारीमा गएका छन् ।