बाँकेमा थप ७ जनामा कोरोना संक्रमण

नेपालगञ्ज । बाँकेमा थप ७ जनामा कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको पुष्टि भएपछि उनीहरुलाई सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा निर्माण गरिएको कोरोना विशेष आईसोलेशन अस्पताल पुराईएको छ । यो संगै बाँकेमा संक्रमितको संख्या २३ पुगेको छ ।

नयाँ पुष्टि भएकाहरुमा नेपालगञ्ज–८ का ३ पुरुष र सोही स्थानका ४ महिला रहेका छन् । उनीहरु सबैलाई एम्बुलेन्समार्फत कोरोना अस्पताल पुराईएको थियो । पहिलो संक्रमण पुष्टि भएका ६० वर्षिय पुरुषको घर परिवारमा भने संक्रमण नभएको पाईएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

एकै टोलमा २२ जना संक्रमित भेटिएपछि सो टोललाई चारैतिरबाट घेराबन्दी गरी सबै जनाको परिक्षण गर्न सुरु गरिएको जानकारी दिदै उनले भने ‘संक्रमित भेटिएका जालाहनपुरवाका सबै र उनीहरुसंग निकट सम्पर्कमा रहेकाको पहिचान गरी परीक्षणको लागि स्वाब संकलन गर्ने कार्य सुरु गरिएको छ ।’ उनले नेपालगन्ज–८ को जोलाहनपुरमा मात्र २२ जनामा संक्रमण भएपछि स्थानीय प्रशासनले सो स्थानलाई घेराबन्दी गरी टे«सिङ्ग र टेस्टीङ्गलाई तीब्र पार्ने भन्दै तथ्याङ्क संकलन सुरु गरिएको बताए ।

बाँकेमा संक्रमण भेटिएका उनीहरु सबैको स्वास्थ्य अबस्था सामान्य रहेको उपचारमा संलग्न रहेका भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन तथा मेडिकल बिभाग प्रमुख डा. राजन पाण्डेले जानकारी दिए । उनले भने–‘ संक्रमण देखिएका सबैमा कुनै पनि कोबिड–१९ को लक्षण देखिएको छैन । उनीहरु सबै सामान्य रहेको र उनीहरु चिकित्सकको निगरानीमा रहेको छन् ।’

नेपालगञ्जमा संक्रमितको संख्या बढेपछि स्थानीय प्रशासनले मंगरबार बिहान ११ बजेदेखि नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा निशेधाज्ञा जारी गरेको छ । निशेधाज्ञाका कारण नेपालगन्ज ठप्प थियो ।

निशेधाज्ञा कार्यान्वयन गर्ने क्रममा नेपालगन्जको त्रिवेणीमोडमा मंगलवार बिहान स्थानीय र प्रहरीबिच झडप भएको छ । झडपमा परी दुई स्थानीय सामान्य घाइते भएका छन् भने प्रहरी सवार बा १ झ ८२८४ नम्बरको सरकारी गाडी स्थानीयले ढुङ्गामुढा गरी तोडफोड गरेका छन् । बाँके प्रशासनले मंगलवार बिहान ११ बजेदेखि २५ गतेराती १२ बजेसम्मका लागि नेपालगञ्जलाई ‘निषेधित क्षेत्र’ घोषणा गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 157 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
सिन्धुलीका ४४ वडाको नतिजा सार्वजनिक (सूचीसहित)