कोभिड–१९ को जिन पत्ता लगाउने कार्य सुरु

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर बढ्दै गएपछि भाइरसको जिन पत्ता लगाउने कार्य अघि बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्व र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को पहलमा भाइरसमा रहेको जिनको सिक्वेन्सिङ (जिन वर्गीकरण) गर्ने कार्य अघि बढेको हो ।
शरीरमा विभिन्न प्रकृतिका भाइरस हुने भएकाले यसको ‘सिक्वेन्सिङ’ पत्ता लगाउने कार्य अघि बढेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालका पहिलो संक्रमितको मात्रै जिन सिक्वेन्सिङ भएको छ ।
प्रक्रिया सुरु भएसँगै जिन पत्ता लगाउन संक्रमित या नयाँ संक्रमितबाट व्यक्तिको अनुमतिमा स्वाब संकलन गरिनेछ ।
नेपालमा हाल काठमाडौं विश्वविद्यालय र नास्टमा जिन छुट्याउने प्रविधि (जेनेटिक ल्याब) छन् ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले मंगलबार विज्ञसहितको छलफल डाकेको थियो । कोभिड–१९ सम्बन्धी प्याथोलोजी सल्लाहकार समिति सदस्यसमेत रहेका नेपाल स्वास्थ्य व्यवसायी परिषद्का रजिस्ट्रार पुष्पराज खनालले नेपालमा जिन सिक्वेन्सिङ गर्ने प्रक्रिया सुरु भइसकेकोे जानकारी दिए ।
उनले भने, ‘नेपालमा देखिएको कोरोना भाइरसको कुन जिनले गर्दा पोजेटिभ केस देखिएको छ । त्यो जिन पत्ता लगाउने कार्य अघि बढिसकेको छ ।’
नेपालमा कोरोना संक्रमण देखिएका व्यक्तिमध्ये अधिकांश लक्षणविहीन भएकाले जिनको प्रकृति’bout अध्ययन गरिनेछ ।
जिनको सिक्वेन्सिङ गरेर भाइरसको जेनेटिक क्यारेक्टराइजेसन (जिनको विशेषता) र जिनको विविधता पत्ता लगाई जिन म्युटेसन (उत्परिवर्तन) छ या छैन भनेर हेरिनेछ ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय माइक्रोबायोलोजी विभाग प्रमुख सह. प्राडा. मेघराज बन्जाराले नेपालको भाइरस कस्तो प्रकृतिको हो भनेर जानकारी लिन आवश्यक रहेको बताए । उनले भने, ‘कुनै देशमा भ्याक्सिन पत्ता लाग्यो या औषधि पत्ता लाग्यो भने हाम्रो देशका लागि उपयुक्त हुन्छ कि हुँदैन । प्रभावकारी हुन्छ कि हुँदैन भन्नका लागि हामो देशको भाइरसको सिक्वेन्सिङ पनि थाहा हुनुपर्छ ।’
जिन पत्ता लगाएपछि नेपाल र बाह्य देशको भाइरसको जिन एउटै हो या होइन भनेर तुलना गर्न सकिने माइक्रोबायोलोजीस्टहरू बताउँछन् । नेपालमा पहिचान भएका कोभिड–१९ संक्रमितमा माइल्ड (मधुरो) वा एसिम्प्टोम्याटिक (लक्षणविहीन) संक्रमण उत्पन्न भएको पाइएकाले ती भाइरसको जिन विश्लेषण गर्नु आवश्यक रहेको उनीहरूको भनाइ छ । संक्रमितमा भाइरस एकै खाले छन् या फरक खाले छन् भनेर जानकारी हुन्छ ।
जिनको सिक्वेन्सिङ हुने भन्दै लाखांै जिन हुने भएकाले नेपालमा संक्रमित देखिएका व्यक्तिमा कुन प्रकृतिको जिन छ भनेर पत्ता लगाउने कार्य सुरु गरिएको हो ।
कोरोना भाइरस रोग (कोभिड–१९) संक्रमितको संख्या बढ्दै जान थाले पनि विस्तृत रूपमा भाइरसको ‘जिन’ को विश्लेषण नगरिँदा कुन जिनले संक्रमण देखिएको हो, पत्ता लागेको थिएन । कोरोना भाइरसको जिनको विश्लेषण गरे यसको अवस्था’bout जानकारी प्राप्त हुन्छ । संक्रमितबाट यो भाइरस निकालेर यसको ‘फुल जिनोम’ (सम्पूर्ण जिन)को विश्लेषण हुनु आवश्यक रहेको विज्ञहरू बताउँछन् ।
१३,८५० जनाको कोरोना परीक्षण
नेपालमा हालसम्म झन्डै १४ हजार जनाको आरटी–पीसीआर प्रविधिबाट कोरोना परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १३ हजार ८ सय ५० जनाको कोरोना परीक्षण भएको हो ।
यस्तै, मंगलबार नेपालगन्जमा सात जना थपिएसँगै संक्रमितको संख्या ८२ पुगेको छ । संक्रमितमध्ये ६१ पुरुष र २१ महिला छन् । १६ जना निको भइसकेका छन् ।
प्रदेश १ मा ३१, प्रदेश २ मा १३, बाग्मतीमा ७, गण्डकीमा २, प्रदेश ५ मा २४ र सुदूरपश्चि प्रदेशमा ५ जना संक्रमित फेला परेको मन्त्रालयले जनाएको छ । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
कोरोनाको आशंकामा काठमाडौं उपत्यकाभित्र २ र बाहिर १ सय १८ गरी कुल १ सय २० जना अस्पतालको आइसोलेसनमा छन् । देशभर २१ हजार ९९ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 153 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सुनसरीमा १६६ वटा मतदानस्थल, ४०९५ जना सुरक्षाकर्मी परिचालन