Wednesday, September 22, 2021
Your Ads Here
Homeप्रमुखलकडाउनबारे आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने, बढाउने नै तयारी

लकडाउनबारे आजको मन्त्रिपरिषद्ले निर्णय गर्ने, बढाउने नै तयारी

,
sharethis

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि झन्डै डेढ महिनादेखि जारी राखेको लकडाउन पुनः थप गर्ने भएको छ । कोरोना जोखिम अहिले पनि उच्च रहेको भन्दै सरकारले एक साताभन्दा बढी लकडाउन लम्ब्याउने तयारी गरेको हो ।
कोरोना रोकथामसम्बन्धी उच्चस्तरीय समन्वय समितिको मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउनको अवधि थप्नुपर्ने निष्कर्ष निकालेको छ ।
समितिले लकडाउन लम्ब्याउन सिफारिस गरेसँगै लकडाउन पुनः बढ्ने भएको हो । समिति बैठकले तत्काल नै लकडाउन खोल्न नसकिने सुझाव सरकारलाई दिएको छ । मन्त्रिपरिषद् कार्यालयका सचिव नारायण बिडारीले कृषि र उद्योग क्षेत्रका कामलाई मापदण्डअनुसार निरन्तरता दिँदै कोरोना नियन्त्रणमा अहिले भएका सबै प्रयासलाई यथावत् राख्ने विषयमा छलफल भएको जानकारी दिए ।
मन्त्रिपरिषद्को आज (बुधबार) बस्ने बैठकले लकडाउन थपबारे निर्णय गर्नेछ । मन्त्रिपरिषद्को बैठक बुधबार ११ बजेका लागि बोलाइएको एक मन्त्रीले राजधानीलाई बताए ।
लकडाउनको ‘मोडालिटी’ र समयका विषयमा सरकारले आन्तरिक तयारी गर्दै आएको छ । सरकारले विभिन्न भूगोल तथा जिल्लालाई विभिन्न तहमा विभाजन गरी जोखिम कम भएको जिल्लालाई खुकुलो बनाउने र जोखिम बढी भएको जिल्लामा कडाइ गर्ने तयारी गरिरहे पनि त्यसबारे अहिलेसम्म कुनै निर्णय हुन सकेको छैन । सरकारले कृषि तथा उद्योगमा भने खुकुलो बनाउने तयारी गरेको छ ।
उपत्यकाका मेयरहरूले भने उपत्यका प्रवेश र बाहिर जान पूर्ण प्रतिबन्ध लगाएर उपत्यकामा लकडाउन सहज बनाउनुपर्ने बताएका छन् । प्रशासनले मंगलबारबाटै पास भएका सवारीलाई उपत्यकामा प्रवेश गर्न रोक लगाउन थालेको छ ।
यता, भारतले ४ जेठसम्म लकडाउनको अवधि थपिसकेको छ । भारतमा संक्रमितको संख्या दिनहुँ वृद्धि भइरहेको छ । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या झनै बढ्दै गएको छ । मंगलबार नेपालगन्जमा सात जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालगन्जमा आइतबार १५ जनामा कोरोना पुष्टि भएको थियो ।
नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ । कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारलाई लकडाउन बढाएर परीक्षणलाई तीव्रता दिनुपर्ने दबाब थपिँदै गएको छ ।
सरकारले कोरोना नफैलियोस् भनेर ११ चैतमा एक साताका लागि लकडाउन घोषणा गरेको थियो । पुनः सरकारले लकडाउनको अवधि बढाएर २५ चैतसम्म पु¥याएको थियो । कोरोना संक्रमित बढ्दै गएपछि ३ वैशाखसम्म लकडाउन अवधि बढाएको सरकारले पुनः १५ वैशाखसम्म पु¥याएको थियो । पछिल्लो समय २५ वैशाखसम्म लकडाउन अवधि बढाएको सरकारले फेरि बढाउने तयारी गरेको हो ।

तपाइको प्रतिक्रिया

(Visited 489 times, 1 visits today)

आजको समाचार

ओली सरकारले नियुक्त गरेका सबै राजदूत फिर्ता

काठमाडौं । सरकारले नेपालका लागि अमेरिकी राजदूत पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासहित केपी शर्मा ओलीको पालामा नियुक्त भएका सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ...

राजनीतिभित्रको राजनीति

देशमा संविधानले जटिल मोड लिएको धेरै वर्ष भइसकेको छ । पछिल्लोपल्ट बजेट होलिडे पनि देखिएकै हो । भोलिदेखि खर्च गर्ने कानुन छैन भन्दै आजै...

बेलायतमा एकै दिन ३१ हजारभन्दा बढी कोरोना सङ्क्रमित

लन्डन । बेलायतमा पछिल्ला केही हप्तायता कोभिड १९ का सङ्क्रमितहरुको संख्या झन् बढ्न थालेको बताइएको छ । यहाँ प्राप्त पछिल्लो समाचारअनुसार मंगलबार मात्र बेलायतमा...

दिदीभाइलाई ओछ्यानमै सर्पले डस्यो, अस्पताल लैजादा बाटैमा मृत्यु

काठमाडाैं ।  सप्तरीमा विषालु सर्पले डस्दा एकै परिवारका दिदीभाइको मृत्यु भएको छ । मृत्यु हुनेमा खडक नगरपालिका–२ बेल्हीका १४ वर्षीया सुनिता मण्डल र नौ...

लिग कपमा सिटी र लिभरपुलको प्रभावशाली जीत

लन्डन । म्यान्चेस्टर सिटी र लिभरपुल लिग कप फुटबल प्रतियोगिताको अन्तिम १६ मा पुगेका छन् । साविक विजेता म्यान्चेस्टर सिटीले गएराति भएको खेलमा तेस्रो...

साताका लोकप्रिय समाचार

अस्वाभाविक मूल्यवृद्धिको चपेटामा उपभोक्ता

दसैं, तिहार र छठजस्ता नेपालीहरूका ठूला पर्वको आगमनसँगै दैनिक उपभोग्य वस्तुको बजार भाउ एकाएक अकासिएको छ । यसरी अकासिएकोे मूल्यवृद्धिले आमजनताको ढाड सेकेको छ...

चीन तर्फका नाका बन्द हुँदा खर्कमै बुढा भए नेपाली चाैंरी

ताप्लेजुङ । फक्ताङलुङ गाउँपालिका -७ याङमाका कान्दे ग्याबु शेर्पासँग दुई वर्षअघि ३२ वटा चाैंरी थिए। तर अहिले उनीसँग चाैंरीकाे संख्या ६४ पुगेकाे छ । शेर्पासँग...

कर्मचारी संगठन कार्यालयमा प्रहरी हस्तक्षेप,एकसय बढी पक्राउ

  काठमाडौ । प्रमुख प्रतीपक्षी नेकपा एमाले निकट नेपाल निजामती कर्मचारी संगठनको कार्यालयमा प्रहरीले हस्तक्षेप गरि १ सय बढि कर्मचारीलाई पक्राउ गरेको छ । नेकपा...

दशैं आइसक्याे, हलमा नयाँ फिल्म कहिले ?

काठमाडौं । सरकारले फिल्म हल सञ्चालन गर्न अनुमति दिएको तीन साता बितिसक्दा पनि अहिलेसम्म हलमा कुनै फिल्म प्रदर्शन हुनसकेको छैन । कोरोना भाइरसको प्रकोपका कारण...

गुण एयरलाइन्सले आजबाट उडान सुरु

काठमाडौं । निजी क्षेत्रको आन्तरिक वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजबाट नियमित उडान सुरु गरेको छ । प्ररम्भमा यस वायुसेवाले काठमाडौंबाट भरतपुर र पोखरामा नियमित...

ट्रेन्डिङ

चिकित्सकले गरे टाउको जोडिएका जुम्ल्याहाको सफलतापूर्वक शल्यक्रिया

  जेरुसेलम । इजरेलमा चिकित्सकहरुले टाउको जोडिएका दुई बालिकालाई शल्यक्रियापछि अलग गरेका छन्  । एक वर्षका जुम्ल्याहा बालिकालाई शल्यक्रियामार्फत अलग गरेका हुन् । शल्यक्रियाका सम्पन्न गर्न ...

सञ्चार उद्यममा देखा परेका समस्या समाधान गर्न ‘मिडिया एलाइन्स नेपाल’ स्थापना

काठमाडौं । सञ्चार उद्यममा देखा परेका साझा समस्याको समाधान गर्नका लागि बुधबार मिडिया एलाईन्स नेपाल नामक संस्था स्थापना गरिएको छ । सञ्चारसम्बन्धि नीति र कानून...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

तपाइको प्रतिक्रिया
(Visited 200 times, 1 visits today)