मलेसियामा मिलाप साँझ सम्पन्न

काठमाडौं । नेपाली कलाकारहरूले मलेसियाको क्वालालाम्पुरमा आयोजना गरिएको मिलाप अन्तरक्रिया, सम्मान, एवं सांगीतिक साँझमा आफ्ना गायन एवम् नृत्य प्रस्तुत गरेर मलेसियामा रहेका नेपालीहरूको मन जितेका छन् ।

कार्यक्रममा गायक रमेश पाठकले गायन प्रस्तुत गरे भने मञ्जु लावतीले आफ्ना गीत सुनाइन् । यस्तै कृष्ण रसाल र शिला गजुरेलले प्रस्तुत गरेको नृत्य पनि आकर्षक थियो ।

सम्मान तथा सांस्कृतिक कार्यक्रममा केशव कोइराला, उर्मिला खत्री (रिया)को नृत्य पनि राम्रो भएको आयोजक पक्षले जनाएको छ । सो कार्यक्रममा रामबाबु पटेल, विराट बासकोटा, राजु सेर्मा, मुकेश गुरुङ, जोसिफा गुरुङ, ईशान श्रेष्ठलगायतले गीत संगीत तथा नृत्य प्रस्तुत गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाली राजदूतावास मलेसियाका प्रथम सचिव बलिराम धामीले विदेशमा आएर भाषा, साहित्य कला संस्कृतिका विषयमा गरिएको यो कार्यक्रम प्रशंसनीय भएको बताए । उनले नेपालीहरु जहाँ पुगे पनि हाम्रो संस्कार एवं संस्कृतिको जगेर्ना र उत्थान गर्नु पर्ने सुझाव दिए ।

जनसवाल राष्ट्रिय दैनिकका प्रधान सम्पादक रामजी बगालेको विभिन्न देशमा आफूहरूले यस्तो नेपाली मौलिक कार्यक्रम गर्दै आएको बताए । मिलाप न्युजका सम्पादक कृष्ण भुसाल र कार्यकारी सम्पादक गीता अधिकारीले कार्यक्रमको उद्देश्य’bout प्रकाश पारेका थिए ।

सो समारोहमा अतिथिमा एनआरएनए आइसिसीका उपाध्यक्ष खगेन्द्र न्यौपाने, पर्यटन दूत मलेसिया नेत्र केसी, एनआरएनए मलेसियाका अध्यक्ष विनोद थापा, एनआरएनए मलेसियाका पूर्व अध्यक्ष महेन्द्र जंग शाह, नेपाली जनसम्पर्क समिति मलेसियाका अध्यक्ष चोलाकान्त पंगेनी, प्रवासी नेपाली मञ्च मलेसियाका अध्यक्ष दयाराम कुमाल, एनआरएनए मलेसियाका कोषाध्यक्ष बल ध्वज लिम्बू, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ मलेसियाका अध्यक्ष कमल गौतम, प्रवासी नेपाली मञ्च मलेसियाका पूर्व अध्यक्ष शेर गुरुङ, एनआरएनए आइसिसी सदस्य टेकबहादुर टमटा, ब्याबसायी तथा समाजसेवी नरेन्द्र राउत, एसिया प्यासिफिक कन्सल्टेन्ट तथा ग्रुप मेनेजर ग्राण्ड होटल इन्टरनेशनल मलेसियाका श्याम कार्कीलगायतले शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न व्यक्ति तथा कलाकारलाई सम्मान गरिएको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

आमाले आफूसहित नवालक छोरालाई खुवाइन विष

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कांग्रेसले नपत्याएका ३३ वर्षिय थापा शिवराजमा मेयर निर्वाचित