काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समाजले बुधबार राजधानीमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न गरेको जनाएको छ । बिहान साढे ९ बजेदेखि सुरु भई दिनभर सञ्चालित सो रक्तदान कार्यक्रममा वैदेशिक रोजगार व्यवसायी र विभिन्न सरोकारवालालगायत १ सय २१ जनाले रक्तदान गरेका थिए ।
काठमाडौंको सामाखुसी गोंगबु आवास क्षेत्रस्थित लिंकन कलेज र पासाङ ल्हामु कलेजसँगको सहकार्यमा वैदेशिक रोजगार व्यवसायी एकता समाजले रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । समाजका उपाध्यक्ष तथा अल अमल ओभर्सिज प्रालिका सञ्चालक खड्कबहादुर (राज) केसीको संयोजकत्वमा सम्पन्न भएको सो कार्यक्रममा वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्री, समाजका अध्यक्ष हरिबहादुर पाण्डे क्षत्री, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहण गुरुङ, समाजका सल्लाहकारहरू, सामाखुसी, बसुन्धारा, गोंगबु क्षेत्रका वैदेशिक रोजगार व्यवसायी, सञ्चारकर्मीलगायतको बाक्लो सहभागिता थियो ।

समाजद्वारा आयोजित सोही कार्यक्रममा आगामी नयाँ वर्ष २०८२ सालको क्यालेन्डर विमोचन गरिएको थियो । वैदेशिक रोजगार विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले रक्तदान कार्यक्रमको उद्घाटनपछि समाजद्वारा प्रकाशित २०८२ सालको क्यालेन्डर विमोचन गरेका थिए ।
कार्यक्रममा विभागका महानिर्देशक खत्रीले वैदेशिक रोजगार व्यवसायीले नेपाली कामदारलाई वैदेशिक रोजगारीमा पठाएर पैसा कमाउने काम मात्र गर्छन् भन्ने सोच राख्नेहरूका लागि बुधबार यस समाजले गरेको मानव जीवन बचाउन आवश्यक बृहत् रक्तदान कार्यक्रमजस्तो पुण्य काम एवं धेरै सामाजिक कार्य पनि गर्दै आएको ज्वलन्त उदाहरण प्रस्तुत गरेको बताए । उनले यस्तो सामाजिक पुण्य कामका लागि आयोजक संस्था समाजका व्यवसायीलाई धन्यावाद व्यक्त गरे ।
समाजका अध्यक्ष हरिबहादुर पाण्डे क्षत्रीले यस समाजले स्थापनाकालदेखि अहिलेसम्म गर्दै आएका विभिन्न कार्य’bout सरकारको ध्यानाकर्षण गराएका थिए । फ्युचर स्टार म्यानपावर प्रालिका सञ्चालकसमेत रहेका अध्यक्ष पाण्डेले वैदेशिक रोजगार व्यवसायीले हालसम्म गर्दै आएका सामाजिक एवं पुण्य प्राप्तिका योगदानले नै देशको मुख्य आर्थिक स्रोतको रूपमा रहेको रेमिट्यान्स भिœयाउने काममा महŒवपूर्ण भूमिका खेलेको दाबी गरे । उनले मुलुकको वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाएर अहिलेको अवस्थासम्म ल्याउन यस समाज र आफूहरूले धेरै संघर्ष र योगदान गरेको बताए ।

समाजका उपाध्यक्ष एवं रक्तदान कार्यक्रममा संयोजक खड्कबहादुर केसीले रगतको अभावले कसैले पनि अकालमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले सम्पन्न गरिएको यस बृहत् रक्तदान कार्यक्रममा कुल १ सय २१ जनाले रक्तदान गरेको जानकारी गराए । कार्यक्रममा समाजका अर्का उपाध्यक्ष तथा इक्वेडर इन्टरनेसनल प्रालिका सञ्चालक हरिश्चन्द्र कुँवर र महासचिव एवं इम्प्लोइमेन्ट लिंक प्रालिका सञ्चालक मधुकर रिजालले यस कार्यक्रम आयोजना गर्नुको उद्देश्य र प्रभाव’bout जानकारी गराएका थिए ।
नयाँ वर्षको अवसरमा समाजद्वारा आयोजित सो कार्यक्रममा समाजका सल्लाहकार तथा भिजन एन्ड भ्यालु ओभरसिज प्रालिका सञ्चालक पदमराज पौडेल, लोकतान्त्रिक एसोसिएसनका पूर्वअध्यक्ष एवं नोकरी नेपाल प्रालिका सञ्चालक नरेन्द्रप्रसाद ढकाल, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका पदाधिकारी, समाजका पदाधिकारी एवं विभिन्न म्यानपावर कम्पनीका व्यवसायी सहभागी भएका थिए ।