गुल्मीका उत्कृष्ट ४ सहकारी सम्मानित

गुल्मी । गुल्मीका उत्कृष्ट चार सहकारी सम्मानित भएका छन् । जिल्ला सहकारी संघ गुल्मीले बुधबार अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्लाका चार सहकारीलाई सम्मान गरेको हो । बहुउदेश्यीय सहकारीतर्फ मैत्री बहुउदेश्यीय सहकारी संस्था, महिला सहकारीतर्फ अमरकल्याण महिला विकास बहुउदेश्यीय सहकारी संस्था, बचत ऋण सहकारीतर्फ लेकाली स्वावलम्वन बचत तथा ऋण सहकारी संस्था तथा कृषि सहकारी तर्फ बाँसखर्क कृषि सहकारी संस्था सम्मानित भएका छन् ।

सम्मानित हुने सहकारीका अध्यक्ष र व्यवस्थापकलाई कार्यक्रमका प्रमुख अतिथि समेत रहेका लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले सम्मान पत्रले सम्मान गरे । २०५७ सालमा स्थापना भएको मैत्री सहकारीमा हाल १४ हजारभन्दा बढी सेयर सदस्य छन् । हाल मैत्रीको शेयर पुँजी ५८ करोड छ भने २० वटा शाखा कार्यालय रहेका छन् । २०६२ सालमा स्थापना भएको अमरकल्याण महिला सहकारीले हिसां पीडित महिलाहरुको लाग अल्पकालिन आश्रय उपलब्ध गराएको छ भने सहकारीको आफ्नै भवन रहेको छ । २०५० सालमा स्थापना भएको लेकाली स्वावलम्बन सहकारीमा हाल चार हजार ३९ सेयर सदस्य छन् । सहकारीमा हाल ६८ करोड बढीको कारोबार छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका अर्थमन्त्री धनेन्द्र कार्कीले शहरका ठुला सहकारीमा समस्या देखिएपनि गाउँका सहकारीमा समस्या नदेखिएको बताए । सहकारीको ऋणले गाउँको जिवनस्तर नै परिवर्तन भएको मन्त्री कार्कीको भनाई छ । कार्यक्रमका विशेष अतिथि लुम्बिनी प्रदेशका सासंद डिल्लिराज भुसालले गाउँका सहकारी आय–आर्जनको ठुलो माध्यम भएको बताए ।

बैंक सबै नागरिकको पहुँचमा नभएकोले सहकारी नै नागरिकको वित्तिय साथि भएको सासंद भुसालको भनाई छ । अन्तराष्ट्रिय सहकारी दिवसको अवसरमा गुल्मीमा जिल्ला सहकारी संघको आयोजनामा ¥याली गरिएको छ । तम्घासको लाकुरीमञ्चबाट पुलतीबजार, सहिदचोक हुदैँ क्याम्पसरोड लगायतका ठाउँमा सहकारीसम्बन्धि जनचेतना मुलक संदेशहरु लेखिएको प्लेकार्ड सहित ¥याली गरिएको थियो ।

पछिल्लो समय सहकारीमा समस्या देखिदैँ गएको तर गुल्मीका सहकारीमा कुनै समस्या नभएकोले त्यसको संदेश आम नागरिकमाझ पु¥याउनको लागि जिल्लाका सहकारीले संयुक्त रुपमा ¥याली निकालेको उज्यालो बहुउदेश्यीय सहकारीका अध्यक्ष हिरा एसीले जानकारी दिए । कार्यक्रममा उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो भने कार्यक्रमको बीच–बीचमा सहकारीसम्बन्धि चेतनामुलक साँस्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यम बहादुर थापाले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
डडेलधुराको परशुराम नगरपालिका प्रमुखमा काँग्रेसका जोशी र उपप्रमुखमा माओवादीका महता निर्वाचित