उदयपुर । मदन भण्डारी लोकमार्ग अन्र्तगत गाईघाट – भिमान खण्डको सडकमा सवारी दुर्घटना हुँदा एक जनाको बिहिवार दिउँसो ज्यान गएको छ । उदयपुरको कटारी नगरपालिका– ४ कटारी बजारमा सवारी दुर्घटनाबाट जेष्ठ नागरिकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका सुुचना अधिकारी प्रहरी नाबय उपरिक्षक (डिएसपी) केदानमान दोङले जानकारी दिए ।
सिन्धुलीको दुधौलीबाट कटारी बजार आउँदै गरेको सिन्धुली दुधौली नगरपालिका– ५ घारीथुन्सीका ७१ वर्षिय अम्बरबहादुर सुनुवारको कटारी अस्पतालमा उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
कटारीबाट दुधौली सिन्धुली तर्पm जाँदै गरेको प्र.२–०१–००३ प ५४२२ नम्बरको मोटरसाईलले दुधौलीबाट साईकलमा कटारी बजार आउँदै गरेको सुनुवारलाई ठक्कर दिएका थिए । तत्काल उपचारको लागि कटारी अस्पताल पु¥याएकोमा सुनुवारको उपचारको क्रममा ज्यान गएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।
दुर्घटनामा घाईते भएको कटारी नगरपालिका– ६ मरुवाका २३ वर्षिय अनन्त मगर र उनको पछाडी सवार कटारी नगरपालिका– ५ भुल्केका २२ वर्षिय सरिना मगर सामान्य घाईते भएकाले उनीहरुको कटारी अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाएकाो छ । दुर्घटनामा परेको मोटरसाईकल नियन्त्रणमा लिई घटना’bout थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।