सिन्धुली । शुक्रबार विहान करीव आठ बजेको थियो होला ? सिन्धुलीमाढी नजिकै रहेको कालिका सामुदायिक वनमा औजार, फायर फाईटर, सुरक्षाकर्मीहरु, राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणका कर्मचारी, डिभिजन वनका कर्मचारीहरु, समुदायका व्यक्तिहरु र पत्रकार सहित एक हुल मानिसहरु पुगे ।
सबै सडक छेउँको जंगलतर्फ लागे । कोहिले आगो लगाउन थाले, कतिपयले आगो निभाउने औजारहरु हातमा लिए । कतिले क्यामेरा तेर्साउन थाले । कसैले स्याउला ठीक पारे । सबै आ–आफ्नै रफ्तारमा खटिए । कोहि आगो निभाउन मेसिनबाट पानी हाले । कतिले सेउला प्रयोग गरे कतिले अन्य आगलागी नियन्त्रणका औजार प्रयोग गरे ।

एकजनाले आगो कसरी निभाउने भन्दै गए । अरुले त्यसै गर्दै गए । यो कुनै फिल्म वा कुनै रियल आगलागी थिएन । यो त वन डढेलो तथा आगलागी नियन्त्रण गर्ने तरिका सिकाउने प्रयोगात्मक अभ्यास थियो । शुक्रबार विहान सिन्धुलीमा यसै गरि आगलागी नियन्त्रणको सामुहिक अभ्यास गरिएको थियो ।
वनमा लाग्ने डढेलो तथा शहरी क्षेत्र, घर वा वस्तीमा हुने आगलागी नियन्त्रण कसरी गर्ने भन्ने विषयमा शुक्रबार सिन्धुलीमा यसरी नै फिल्डमा पुगेर अभ्यास गरिएको थियो ।
वन डढेलो जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धि सिन्धुलीमाढीमा आयोजित दुईदिने तालिमका सहभागिहरुले उक्त अभ्यास गरेका हुन ।
राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणको आयोजना तथा डिभिजन वन कार्यालय सिन्धुलीको संयोजनमा भएको तालिममा तीन वटै सुरक्षा निकायहरु नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका व्यक्तिहरु, वन तथा सव वन डिभिजनका कर्मचारी तथा सुरक्षाका कर्मचारीहरु, सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

तालिममा सहभागिहरुलाई कालिका सामुदायीक वन कमलामाई नगरपालिका ५ मा वन डढेलो नियन्त्रण कसरी गर्ने भन्ने विषयमा प्रयोगात्मक अभ्यास गराईएको थियो भने बस्ती तथा घरमा लाग्ने आगलागी कसरी नियन्त्रण गर्ने भन्ने विषयमा गडौली खोलामा प्रोटेवल फायर पम्पको प्रयोग कसरी गर्ने भन्ने विषयमा अभ्यास गराईएको थियो ।
प्रयोगात्मक तालिममा काउन्टर फायर, सेउला माटो र पानीको माध्यमबाट आगो कसरी निभाउने भन्ने विषयमा जानकारी गराईएको थियो । यस्तै प्रोटेवल फायर पम्पको प्रयोग गर्ने तरिका र उपयोगिताको ’boutमा जानकारी गराईएको थियो । तालिमको पहिलो दिन सैद्धान्तिक ज्ञान दिईएको थियो भने दोस्रो दिन फिल्डमा नै प्रयोगात्मक अभ्यास गराईएको थियो ।
तालिममा सहभागिहरुले समुदाय स्तर र संस्थागत स्तरमा सिप सिकाउने आयोजकको विश्सास लिइएको प्राधिकरणका रञ्जना श्रेष्ठले बताईन ।

तालिमले वन डढेलो नियन्त्रणमा प्रभावकारीता हुने विश्वास लिएको डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख राम कुमार भण्डारीले बताएका छन ।
विहिबारदेखि सुरु भएको तालिममा नेपाली सेनाका सेनानी हेमन्त सिंह, नेपाली सेना नरेन्द्रसिह साउद र राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरण प्राधिकरणका सुनिल महरले प्रशिक्षण दिएका थिए । तालिममा ग्याँस सिलिण्डरमा आगो लागेमा कसरी नियन्त्रण गर्ने भन्ने ’boutमा समेत व्यवहारिक ज्ञान दिईएको थियो ।