माओवादी अध्यक्ष प्रचण्ड कार्यक्रम छाडेर अचानक काठमाडौं फर्किदै

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजावादीहरूको प्रतिवाद गर्नको लागि नेवार समुदायले काठमाडौँमा भेला गर्न लागेको बताएका छन् । जागरण अभियान लिएर बर्दिया पुगेका ‘प्रचण्ड’ले गुलरिया नगरपालिकाद्वारा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै काठमाडौँको भेलाको तयारी गर्न आजै फर्किन लागेको बताएका छन् ।

उनले भने, ‘आजै हामी काठमाडौं जानुपर्नेछ । काठमाडौँमा पनि हामीले लगातार प्रतिवाद गरिराख्नुपर्ने अवस्था छ। काठमाडौंमा पनि लगातार हामीले हस्तक्षेप गरिराख्नुपर्ने छ। नत्र प्रतिगामीहरूले अझै बढी आगजनी, हत्या हिंसा गर्न सक्ने भएकाले हामीले पर्सी नेवार बुद्धिजीवी र नेताहरूले भेलाद्वारा हामीले ठूलो नेवार समुदायको सम्मेलन गर्ने र हजारौँ उपस्थित गराएर खबरदारी गर्ने सोचेका छौँ। त्यसको तयारी गर्न आजै फर्किँदैछौं।’

उनले आफू नेतृत्वको सरकार ढालेर काँग्रेस एमाले मिलेर बनेको सरकारलाई जनताले नरुचाएको पनि दाबी गरे।

उनले भने, ‘अपारदर्शी तरिकाले सरकार ढाल्ने र अर्को गठबन्धन बनाउने काम भयो। त्यो असंवैधानिक र असंवैधानिक छ भनेर मैले भन्दै आइरहेको छु, यो जनताको भावना, आकांक्षा र आवश्यकताको पनि विपरीत छ गलत भएको छ। हामी जनताको साथ जुटाएर भ्रष्टाचारको रक्षा गर्ने, कुशासन कायम गर्ने प्रयासलाई विफल पार्ने संकल्प गरेर हामीले अभियान चलाएको छौँ।’

तपाइको प्रतिक्रिया
(Visited 355 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
देउवाले छैटौं पटकको प्रयाशमा मलाई पार्टीबाट निकाल्न सफल हुनु भो उहाँलाई बधाई : कर्णबहादुर मल्ल