चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव रसुवामा

काठमाडौं । ‘चौथो नेपाल ग्रामीण चलचित्र महोत्सव’ रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँ पालिकामा हुने भएको छ । आयोजक संस्था सेलिब्रेटी नेपालले पत्रकार भेटघाट आयोजना गर्दै महोत्सवको ’bout जानकारी गराएको हो ।

यो महोत्सव नयाँ वर्ष २०८२ को अवसर पारेर यही ४ वैशाखबाट ६ वैशाखसम्म तीन दिन आयोजना गर्ने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले पत्रकार भेटघाट कार्यक्रममा जानकारी गराए । आयोजक टिम यति बेला महोत्सव तयारीको लागि रसुवा जिल्लाको सदरमुकाम धुन्चेमा पुगेको छ ।

‘हाम्रो उद्देश्य भनेकै ग्रामीण क्षेत्रका कथावस्तु, समस्या तथा सफलताको कथामा चलचित्र निर्माण गर्न प्रोत्साहन गर्ने र यस्ता चलचित्रलाई ग्रामीण क्षेत्रमै प्रदर्शन गर्ने हो । सोही कारण हामीले विगत चार वर्षदेखि यो महोत्सवलाई नियमित रूपमा ग्रामीण क्षेत्रमै आयोजना गर्दै आएका छौँ’, रघुनाथले पत्रकार भेटघाट कार्यक्रममा अगाडि भने,‘प्रत्येक वर्ष फरक–फरक जिल्लाको ग्रामीण भेगमा आयोजना गरिने यो महोत्सवमा यस पटक पनि ग्रामीण परिवेशमा बनेका नेपाली फिचर चलचित्र, लघु चलचित्र, वृत्तचित्र, लघु सांगीतिक चलचित्रहरू देखाइने भएको छ ।’

यो महोत्सवमा नेपाली चलचित्र पर्यटन र ग्रामीण विषयवस्तु समेटेर विभिन्न संवाद कार्यक्रमहरू पनि गरिने महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले बताए । महोत्सवमा राष्ट्रिय स्तरका कलाकारसँग स्थानीय दर्शकको साक्षात्कारसँगै स्थानीय पर्यटन प्रवद्र्धन र स्थानीय कला संस्कृति प्रवर्धनको कार्यक्रम पनि गरिने सापकोटाले जानकारी गराए ।

चलचित्र विकास बोर्डको सहकार्यमा आयोजना हुने यो महोत्सवले स्थानीय क्षेत्रमा साना चलचित्र निर्माणमा समेत प्रेरित गर्ने विश्वास सापकोटाको छ । सो क्षेत्रलाई चलचित्र छायांकनको लागि महोत्सवले प्रचार प्रसार गर्ने पनि उनले बताए ।

महोत्सव संयोजक एवम् चलचित्र निर्देशक कमल एक्चै मगरले महोत्सवमा प्राप्त भएका नेपाली लामा छोटा चलचित्र एवम् बृत्तचित्रहरु निर्णायकले हेरिरहेको बताए । यसै साता चलचित्र प्रदर्शनको सूची पनि जारी गरिने उनले जानकारी गराए । महोत्सवमा यस पटक तीन दिनसम्म २ दर्जन चलचित्र प्रदर्शन गरिने तयार भएको पनि मगरले बताए ।

‘रसुवा जिल्लामा चलचित्र प्रदर्शन घर समेत नभएकाले यस पटक हामीले गोसाईंकुण्ड गाउँ पालिकालाई चलचित्र महोत्सवको लागि रोजेका हौँ । यहाँ चलचित्र हेर्न रुचि भएका दर्शकहरूलाई महोत्सवले पूर्ण मनोरञ्जन दिनुका साथै ग्रामीण क्षेत्रमा नेपाली चलचित्रको प्रचार प्रसारमा समेत सहयोग पु¥याउने विश्वास हामीले लिएका छौँ’, महोत्सव संयोजक मगरले भने । यो महोत्सवमा यस पटक तीन दिनसम्म करिब ४ हजार दर्शक सहभागी हुने पनि उनले बताए ।

यो चलचित्र महोत्सवसँगै गोसाईंकुण्ड गाउँपालिका रसुवाले वार्षिक रूपमा आयोजना गर्दै आएको चौथो पालिका कप भलिबल प्रतियोगिता पनि सोही समयमा आयोजना हुने भएको छ । २ वैशाखबाट ६ वैशाखसम्म आयोजना हुने भलिबल प्रतियोगिता र चलचित्र महोत्सवले रसुवा जिल्लाको पर्यटन प्रवर्धनमा थप प्रचार प्रसार गर्ने विश्वास आयोजक पक्षले लिएको छ । महोत्सवको प्रचार प्रसारसँगै तयारी कार्यमा स्थानीय गाउँपालिकासमेत जुटिसकेको पनि आयोजक पक्षले पत्रकार भेटघाट कार्यक्रममा बतायो ।

तपाइको प्रतिक्रिया
(Visited 28 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सङ्घीय संसद्को बर्खे अधिवेशन शुक्रबारदेखि शुरु

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको मेयरमा समाजवादीले कटायो ३ हजार अन्तर