१४ वर्षका दुई बालकले पाउने भए १५ सय रुपैयाँका दरले

लमजुङ । राजधानी राष्ट्रिय दैनिकमा गत विहीबार प्रकाशित ‘दुई भाइ बाजा सिक्दै, बजाउँदै, कमाउँदै र पढ्दै’ शीर्षक समाचार पढेर ती दुई भाइलाई एक सामाजिक अभियन्ताले उनीहरूलाई जनही एक हजार पाँच सय रुपैयाँ प्रदान गर्ने भएका छन् । त्यस्तो सहयोगको प्रतिवद्धता व्यक्त गर्ने व्यक्ति हुन्, लमजुङको ऐतिहासिक थलो दुराडाँडा निवासी रामेशचन्द्र अधिकारी ।

अधिकारी पूर्वप्रशासक (सिडियो) हुनुका साथै, निवृत्त भएपछि लोकसंस्कृतिको संरक्षण एवम् प्रवद्र्धनका लागि संस्थागत रुपमा प्रयास गरिनु पर्छ भन्दै लोकसंस्कृतिको विकासका लागि संस्था पश्चिमाञ्चल क्षेत्रकै पहिलो व्यक्ति हुन् । अधिकारी हाल ठाडोभाका लोककला प्रतिष्ठान नेपाल, लमजुङको सल्लाहकारका रुपमा क्रियाशील छन् ।

राजधानी समाचार प्रभाव

अधिकारीले ती दुई बाबुहरूले लोकबाजाको प्रवद्र्धनका क्षेत्रमा कलिलो उमेरमा गरेको प्रयासले आफ्नो मन छोयो त्यसैले उनीहरूलाई अध्यापनका लागि थप सहज होस् साथै लोकबाजाको प्रवद्र्धनका क्षेत्रमा उनीहरूलाई थप उर्जा प्राप्त होस् भन्ने हेतुले प्रोत्साहन गर्न सो रकम सहयोग गरेको बताए । उनले भने, ‘सो रकम ती भाइहरूलाई ठाडोभाका लोककला प्रतिष्ठान नेपाल संस्थामार्फत उपलब्ध गराउन प्रतिष्ठानका अध्यक्ष नवराज पहाडीलाई आफूले हस्तान्तरण गरिेसकेको छु ।’ उनका अनुसार अनुकुल समय ९कार्यक्रम०मा निकट भविष्यमै सो रकम ती दुई भाइहरूको हातमा पुग्छ ।

अधिकारीले ठाडोभाका लोककला प्रतिष्ठान नेपालसँग आवद्ध भएर लोकसंस्कृतिका क्षेत्रमा विशेष योगदान गर्ने महिलाहरूलाई प्रोत्साहन गर्नका लागि सम्मान गर्न आफ्नी ममतामयी आमा जयतमाया अधिकारीका नाममा ‘ठाडोभाका– जगतमाया स्मृति पुरस्कार’को अक्षयकोष सहितको प्रवन्ध गरेका छन् । रहेक वर्ष एकजनालाई प्रदान गरिने सो पुरस्कारको राशि नगद पाँच हजार रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ ।

यसैगरी, अधिकारीले आफ्ना पिता रामदत्त अधिकारीको स्मृतिमा लमजुङ जिल्लामा रहेर संस्थागत रुपमा परम्परागत भजन, बालुनलागयतका लोक चिनारीको संरक्षणका लागि संस्थागत प्रयास गर्ने संस्थाहरूको प्रोत्साहनका लागि पुरस्कृत गर्न ‘ठाडोभाका– स्व। रामदत्त अधिकारी स्मृति पुरस्कार’को प्रवन्ध गरेका छन् ।

त्यो पुरस्कार पनि ठाडोभाका लोककला प्रतिष्ठान नेपालले हरेक वर्ष वितरण गर्ने गरिन्छ । उक्त पुरस्कारको राशि नगद पाँच हजार पन्ध्र रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ । अधिकारीले सो पुरस्कारको स्थायित्वका लागि ५० हजार रुपैयाँको अक्षयकोष पनि स्थापना गरिदिएको ठाडोभाका लोककला प्रतिष्ठान नेपालका कोषाध्यक्ष सीता गुरुङले जानकारी दिइन् ।

गुरुङका अनुसार त्यस बाहेक अधिकारीले हरेक वर्ष जिल्लामा लोकसंस्कृतिको संरक्षण र प्रवद्र्धनमा क्रियाशील रहेका आमा समूहहरूलाई प्रोत्साहनका लागि उपहार स्वरुप मादल प्रदान गर्ने, आफू स्कूले जीवनमा भलिबलको राम्रो खेलाडी९सटर० भएका कारण भलिबलको प्रवद्र्धनका लागि सो प्रतियोगिता सञ्चालन गर्ने माध्यामिक विद्यालयलाई स्तरीय नेट र भलिबल एक जोर प्रदान गर्ने गरिआएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 86 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाराकी चेलीलाई बेश्यालय लैजान खोज्ने पक्राउ

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
स्वतन्त्र उम्मेदवार हमालले गरे धनगढीकाे मेयरमा उम्मेदवारी दर्ता